आत्महत्या रोकथाम गर्न सचेतना जरुरी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि सचेतना जरुरी रहेको भोजपुरमा मंगलवार आयोजित कार्यक्रममा सहभागिले बताएका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला सदरमुकाममा गरिएको सचेतना कार्यक्रमका सहभागिहरुले यस्तो धारणा राखेका हुन् ।

‘आत्महत्या रोकथाम बारे सम्वाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय भोजपुर र स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा जिल्लामा सचेतना र्‍याली तथा कार्यक्रमसहित सन्देशमुलक सामाग्रीहरुसमेत बितरण गरिएको छ ।

पछिल्लो समयमा बढदै गएको आत्महत्या न्युनीकरणका लागि सचेतना कार्यक्रम गरिएको आयोजक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भोजपुरका प्रहरी प्रमुख डिएसपी युवराज तिमिल्सिनाले आत्महत्याको दरलाई सचेतनासहित न्युनीकरणमा यस्ता सचेतना कार्यक्रमले मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा आत्महत्या रोकथामको लागि अपनाउने उपायहरुको विषयमा प्रस्तुतिकरणसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?