
बारा । बाराको सदरमुकाम कलैयामा विगत केहीदिन यता चोरीको घटनामा वृद्धि भएको छ । कलैया उपमहानगरपालिका १ स्थित बजारमा सोमबार राति ३ वटा पसलको सटर फोरी चोरले चोरी गरेको छ । एक हप्ता नबित्दै कलैया बजारमा फेरि चोरीको प्रयास भएको हो ।
बजारको नन्दलाल साहले संचालन गर्दै आएको नन्दलाल पान पसल, विजय जेनेरल स्टोर्स र ज्योती जेनेरल स्टोर्सको ताल्चा फोरेर चोरले चोरीको प्रयास गरेको ज्योती जेनेरल स्टोर्सका संचालक दीपक दासले बताउनुभयो ।
चोरले सटरमा लगाइएको ताल्चा फोडी चोरीको प्रयास गरेपनि यसपाली पसल भित्र छिर्न नसकेको उहाँले बताउनुभयो । सोमबार राति पौने १२ बजे कलैया बजारमा चोरले सटर फाेडिएको क्रममा प्रहरी आएको कारण चोरी हुन नसेको व्यापारीहरुले बताए ।
पाँच दिन अगाडि पनि कलैया बजारको ६ वटा पसलको ताल्चा फोडी चोरले चोरी गरेको थियो । त्यसको केही समय नबित्दै फेरि पनि चोरीको प्रयास भएकाे नन्दलाल पान पसलका संचालक नन्दलाल साहले बताउनुभयो ।
२४ औँ घण्टा प्रहरीको गस्ती र प्रहरीको निगरानी हुने कलैया बजारमा यसरी पटक पटक चोरीको घटना हुनुले सुरक्षामा प्रश्न चिन्ह खडा भएको उहाँले बताउनुभयो ।
बजारमा प्रहरीको निगरानी बढाएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताउनुभयो ।
प्रहरीको सक्रियताका कारण यसपाली चोरहरुले ताल्चा फोडेपनि चोरी गर्न नसकेको उहाँले बताउनुभयो ।
'बजारको अवस्था अस्तव्यस्त छ चारैतिर प्लाष्टीकको छानो बनाएर र सानो सानो फलामको गुम्तीहरु राखेर झने समस्या भएको छ, उहाँले भन्नुभयो । राती बजार अध्यारो हुन्छ बतीको पनि राम्रो व्यवस्था छैन । प्रहरीले चोरलाई राती लखेट्दै जाँदा समेत पक्राउ गर्न नसकी अध्यारोको फाइदा उठाउँदै चोरहरु भाग्न सफल भएको उहाँले बताउनुभयो ।
चोरहरुले प्रयोग गरेको टर्च लाइट, कैची, फलामको रड र एक जना चोरको चप्पल समेत बरामद गरिएको उहाँले बताउनुभयो ।
अर्को तर्फ बजार खुल्ने र बन्द हुने निश्चित समय नहुँदासमेत अहिले चोरलाई समाउन समस्या हुने गरेको उहाँले बताउनुभयो । चाेकका पसल तथा होटलहरु ९ बजे बन्द हुने र बजार भने राति अबेलासम्म संचालन हुने भएकोले समस्या उत्पन्न भएको उहाँले जानकारी गराउनुभयो ।
कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष मोहन बहादुर क्षेत्रीले बजारको समस्या चाँडै समाधान हुने बताउनुभयो । बजारमा रहेका गुम्ती तथा प्लाष्टीक हटाई बजार सफा र व्यवस्थित गर्न आफू लागि परेको उहाँले बताउनुभयो । बजारमा उचित विजुली बत्ती व्यवस्थापन तथा बजार संचालन हुने समय समेत निर्धारण गर्न छलफल अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच