हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका स्वास्थ्य शाखाले वडा नम्बर २, ३ र ४ मा रहेका ५४ जना गर्भवती आमाहरुसँग छलफल गरेको छ । गाउँपालिकामा रहेका तीनवटा वडाका ५४ जना गर्भवति महिलालाई गर्भअवस्था, सुत्केरी र सुत्केरी पछिको अवस्था सम्बन्धि के कस्ता समस्या आउन सक्छन् भन्ने विषयको स्वास्थ्यककर्मीले जानकारी गराएको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो ।
साथै सुरक्षित संस्थागत सुत्केरी, आमा बच्चाको स्वास्थ्य, पोषण, सरसफाई खोप लगायत सम्बन्धि एक दिने स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
गर्भवती महिलाको स्वास्थ्य स्थिति र गर्भमा रहेको बच्चाको वृद्धि तथा विकासको अवस्थाको जानकारी लिन स्वास्थ्य संस्था वा अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट नियमित कम्तीमा आठपटक गर्भ जाँच गराउनु पर्ने लगायतका विषयमा पनि जानकारी गराइएको छ ।
नियमीत गर्भजाँच गरेमा आमा र पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थाको सबै जानकारी हुने उहाँको भनाई थियो । प्रत्येक गर्भवती महिलाको स्वास्थ्य राम्रो हुनुका साथै पोषणयुक्त खाना र परिवार तथा छरछिमेकको स्नेह, सहयोग पनि जरुरी रहेको जानकारी प्राप्त भएको छ ।
संयोजक ढकालले भन्नुभयो, “गर्भवती महिलाले दिउँसो पनि प्रशस्त आराम गर्नुपर्दछ । आराम गर्नाले महिलाको स्वास्थ्य राम्रो हुन्छ । गह्रौँ भारी उचाल्नु हुँदैन ।” गह्रौँ भारी उचाल्नाले बच्चा खेर जान सक्ने तथा आङ (पाठेघर) खस्ने जस्ता समस्याहरू आउन सक्ने गाउँपालिका संयोजक ढकालले बताउनुभयो ।”
यस्तै ताँजकोट गाउँपालिकाको नीति अनुसार बुधबार वडा नम्बर ३ मा रहेको रामदेब आधारभूत विद्यालयमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले बताउनुभयो । विद्यालयमा पोषण र व्यक्तिगत सरसफाई सम्बन्धि कार्यक्रम हुनुका साथै गाउँपालिकामा रहेका प्रत्येक वडाका प्रत्येक विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष लाकेश जैसीले बताउनुभयो । वर्षायाममा विभिन्न सचेतनामूलक कार्यक्रमका लागि स्वास्थयकर्मी गाउँटोलमा निरन्तर झरी नभेर लागि परेको अध्यक्ष जैसीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच