सुनको मूल्य घट्यो

Read Time = 1 min

काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?