काठमाडौं । जहरसिं पौवा युवा क्लबको आयोजनामा बडादशैँका अवसरमा जहरसिं पौवा खेल मैदानमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता-२०८१ हुने भएको छ । शंखरापुर नगरपालिका-३ जरसिं पौवामा आगागी असोज १२ देखि असोज २३ गतेसम्म जरसिं पौवा नकआउट फुटबल प्रतियोगिता-२०८१ आयोजना गर्न लागेको हो । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
करिब ३० लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा ३२ टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ । आयोजक जहरसिं पौवा युवा क्लबका रमेश दंगालका अनुसार प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपैयाँ पाउनेछ भने उपविजेताले एक लाख ११ हजार १११ पाउनेछ । त्यस्तै, तेस्रो हुने टोलीको भागमा ५५ हजार ५५५ रुपैयाँ हुनेछ । पुरस्कार राशिमा यसपालि वृद्धि गरिएको हो ।
गत वर्ष सञ्चालित पहिलो संस्करणमा बोजिनी युवा क्लब च्याम्पियन भएको थियो, जसमा २८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच