काठमाडौं । ‘मिस्टर एण्ड मिस लियो २०२४’ आगामी अक्टोबर ५ मा काठमाडौंमा आयोजना हुने भएको छ । बहु-डिस्ट्रिक्ट काउन्सिल नेपालले मंगलबार सर्वनाम थिएटरमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । बहु-डिस्ट्रिक्ट काउन्सिल नेपालले आयोजना गर्ने कार्यक्रममा १५ डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने बताइएको छ । आयोजकका अनुसार प्रतियोगिता काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुनेछ, जसमा प्रत्येक डिस्ट्रिक्टबाट एक पुरुष र एक महिला गरी दुईजना सहभागीले प्रतिनिधित्व गर्नेछन् ।
कार्यक्रम संयोजक इञ्जिनियर मनिष अर्यालका अनुसार प्रतियोगितामा विजयी पुरुष र महिला दुवैलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रोलाई क्रमशः २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रममा भाग लिन पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । प्रतियोगिता तयारी स्वरूप १५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । जसमा नेतृत्व विकास, आत्म-संवद्र्धन, र्याम्प वाक, पोर्टफोलियो निर्माणलगायतका विभिन्न तालिम दिइनेछ । प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५ पछि सर्वनाम थिएटरमा आयोजना हुने आयोजकले जनाएको छ । लियो डिस्ट्रिक्ट काउन्सिलका उपाध्यक्ष प्रवेशकुमार केसीले भन्नुभयो, ‘कार्यक्रमको मुख्य उद्देश्य युवालाई आत्मविश्वास वृद्धि, सक्षम र सफल भविष्यका लागि तयार पार्नु हो ।’ कार्यक्रम उद्घाटन लियो मल्टिपल डिस्ट्रिक्ट अध्यक्ष लियो अस्मिता लामिछानेले गर्नुभएको थियो भने कार्यक्रममा लायन पंकज जालानलगायतको पनि उपस्थिति रहेको थियो । १८ देखि ३१ वर्षका लियो सदस्य, जसले कम्तीमा एक वर्ष लियोको सदस्यता लिएका छन्, उनीहरूले कार्यक्रममा सहभागिता जनाउन सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच