काठमाडौं । सामाजीक कथानक चलचित्र ‘सतीदेवी’को फष्र्टलुक पोष्टरले चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रको फष्र्टलुकमा अभिनेत्री मलिका महत तनावग्रस्त अवस्थामा भाग्दै गरेकोे देखिनुभएको छ । यसअघिका चलचित्र तथा म्युजिक भिडियोका कारण लभर गर्लका रूपमा परिचित मलिकालाई ‘सतीदेवी’ बाट चरित्रमा डुबेर अभिनय गर्ने मिहिनेती अभिनेत्रीका रूपमा लिन थालिएको छ । फष्र्टलुकबाटै चर्चामा आएको ‘सतीदेवी’ को अगामी दिनका प्रचार सामग्री, टिजर, टेलर तथा गीत कस्तो होलान् भनेर कौतुहलता बढेको पाइन्छ ।
एउटा पोष्टरबाटै प्रयाप्त कौतुहलता जगाउन सफल चलचित्रमा मलिकाको भूमिका के हो ? त्यो भने निर्देशक सुवेदीले खुलाउनुभएको छैन । उहाँले पोष्टरमा यो चलचित्र आफ्नी स्वर्गबासी आमा तेजकुमारी र बा भक्तिराम सुवेदीमा समर्पित गरेको उल्लेख गर्नुभएको छ ।
पोष्टरको एक छेउमा, ‘ईश्वरका उपहार, सृष्टि चलाउछन्, होइनन् कर्महारा, छोरी बुझौं, छोरी पुजौं, यिनै संसार सारा..’ भन्ने कवितात्मक भाव प्रस्तुत गरिएको छ । जसबाट ‘सतीदेवी’ छोरी प्रदान चलचित्र भएको स्पष्ट संकेत मिल्दछ । निर्देशक सुवेदीले चलचित्र बिसुद्ध सामाजिक कथामा बनेको दाबी गर्दै आइरहनुभएको छ ।
दिलासा कृएसन प्रालिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्रको स्क्रिप्ट र गीत निर्देशक सुवेदी स्वयंले लेख्नुभएको हो । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी रहनुभएको छ ।
मलिका शीर्ष भूमिकामा रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बाँनीया बालकलाकार र साथमा कुलदीप अधिकारी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, भोला सापकोटा, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटा, विमल श्रेष्ठ, ईश्वरी सिंहलगायत कलाकारले अभिनय छ ।
दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा प्रताप दास, दीपा लामा, ममता गुरुङ र सविन सुवेदीको स्वर छ । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गर्नुभएको हो भने कोरियोग्राफी रामजी लामिछाने र पाश्र्व संगीत सम्राट थापाको छ । कुनाल कँुवरको कलर ग्रेडिङ रहेको चलचित्रको प्रदर्शन मिति चाडै सार्वजनिक गरिने निर्देशक सुवेदीले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच