
नेपाल विश्वका खुशी मुलुकहरूमध्येमा ९३औं स्थानमा पर्दछ । १४३ देशमा गरिएको सर्वेक्षणमा सार्क राष्ट्रका भारत, पाकिस्तान, श्रीलंकालगायतलाई पछि पार्दै नेपाल अघि बढेको छ । फिनल्याण्ड सधैं पहिलो नम्बरमा पर्दै आएको छ भने खुशीको सूचकमा प्रायशः विकसित मुलुककै नागरिक अगाडि छन् । कूल गार्हस्थ्य उत्पादन, सामाजिक सुरक्षा, स्वस्थ औसत आयु, स्वतन्त्रता आदि जस्ता मापन सूचकहरू राखेर नापिने खुशीमा नेपालीहरूले ५० मुलुकका जनतालाई पछारेका छन् । सरसर्ती हेर्दा खुशी मापनका सूचकहरूमा नेपाल कमजोर जस्तो देखिए पनि विश्वका ठूलाठूला मुलुकहरूलाई पछाडि पार्न सक्नुलाई खुशी नै मान्नुपर्दछ ।
नेपालीहरू के कुरामा खुशी हुन्छन् भन्ने ठम्याउनै गाह्रो छ । कहिले राम्रा कुरामा पनि ठुस्सिएको देखिन्छ भने कहिले रिसाउनुपर्ने कुरामा पनि हाँसेकै भेटिन्छन् । आफूमाथि निरन्तर प्रहार गर्दै आएकाहरूसँग पनि रमाएकै देखिन्छन् भने आफ्ना हितमा दिलोज्यान दिएर समर्पितसँग रिसाएका पनि भेटिन्छन् । मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक वातावरण चौतर्फी रूपमा बिग्रिएका समयमा पनि नेपालीहरू निराश नभएको देखिन्छ । दुई छाक टन्न खान पाएकाहरूमा चिन्ता देखिन्छ भने मुस्किलले दिनमा एकछाक खान पाउनेहरू हाँसेर सन्तुष्ट जीवन बिताइरहेको पनि नेपालमै देखिन्छ । विश्वले निर्धारण गरेको खुशी नाप्ने सूचकहरूले नेपालीहरूलाई कुनै प्रभाव पार्न सक्छ जस्तो लाग्दैन ।
अहिलेका प्रधानमन्त्री केपी ओलीसँग सोध्ने हो भने नेपालीहरू अत्यधिक खुशी हुने समय यही हो किनकि केपी ओली प्रधानमन्त्री छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सोध्ने हो भने अबको दुई वर्षपछि नेपालीहरू अत्यधिक खुशी हुनेछन् किनकि त्यतिबेला छैटौं पटक देउवा प्रधानमन्त्री हुनेछन् ।
वर्तमान समयकै नेपाल हेर्ने हो भने नेपालीहरूले सन्तोष लिने विषय के होला जस्तो लाग्दछ । असन्तुष्टि बढाउनेदेखि बाहेकका कुनै काम नेपालमा भएजस्तो देखिँदैन । राति सुत्ने बेलामा सन्तोषको श्वास फेरेर निदाउन पाउने कुरो यो चाहिँ हो भन्ने ठाउँ पनि कतै छ जस्तो लाग्दैन । जतिबेला नेपालमा महिनेपिच्छे सरकार फेरिएको थियो, जतिबेला मन्त्रीहरूमाथि अनेकानेक आरोपहरूको वर्षा भइरहेको थियो, जतिबेला आमजनता आफ्ना असन्तोषका सन्दर्भहरू लिएर सडकमा ओर्लिएका थिए, त्यतिबेलै यो अध्ययन गरिएको थियो र पनि नेपाल ९३औं स्थानमा पर्न सफल भएको थियो । यसबाट पनि के पुष्टि हुन्छ भने जस्तोसुकै अवस्थामा पनि खुशी हुन सक्ने नेपाली नै हुन् ।
अहिलेका प्रधानमन्त्री केपी ओलीसँग सोध्ने हो भने नेपालीहरू अत्यधिक खुशी हुने समय यही हो किनकि केपी ओली प्रधानमन्त्री छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सोध्ने हो भने अबको दुई वर्षपछि नेपालीहरू अत्यधिक खुशी हुनेछन् किनकि त्यतिबेला छैटौंपटक देउवा प्रधानमन्त्री हुनेछन् । मुलुकका दुई ठूला दलहरू मिलेर सरकार बनाएका बेलामा जनता खुशी नभए कहिले हुने त ? नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूको भनाइ यस्तै आउँछ होला । अब सानोतिनो हावाहुरीले सरकार ढल्दैन । एमाले र कांग्रेसका सांसदहरूले पालैपालो प्रधानमन्त्री र मन्त्री बन्ने सौभाग्य पाउने अवसर आएको छ । नेपालीहरूले खुशी मान्नुपर्ने कारण यही नै हो । यसका अलावा अरू कुनै देखाउन लायकको कुरो छ जस्तो लाग्दैन ।
यता हे¥यो पहिरो, उता हेर्यो पहिरो । यता पनि अन्याय, उता पनि अन्याय । यता पनि गरिबी, उता पनि गरिबी । यता पनि अराजकता, उता पनि अराजकता । यता पनि विध्वंश, उता पनि विध्वंश । यता पनि भ्रष्टाचार, उता पनि भ्रष्टाचार । पूर्वदेखि पश्चिमसम्म हेर्दा नेपालमा देखिने यस्तैमात्रै छ । उत्तर हिमालदेखि दक्षिण तराईसम्मका नागरिकले सन्तोष मानेर बस्ने कुनै कुरो छैन । आमनागरिकका निम्ति भए गरेका सुखद् समाचारहरू न कतै पढ्न पाइन्छ, न कतै सुन्न नै र पनि नेपालीहरू खुशी छन् । सर्वसाधारण जहिल्यै पीडामा नै रहेका छन् र पनि पीडा लुकाउन समर्थ छन् । नेपाली जनताहरूको खुबी भनेकै यही हो ।
सवारी लाइसेन्स मुलुकले दिन सक्दैन । दुई वर्षअघिदेखि लाइसेन्सको पर्खाइमा रहेकाहरू राजस्व तिरेको रसिद बोकेर हिँडिरहेका छन् । आज आउला कि भोलि भन्दाभन्दै रसिदमै फोटो टाँसेर लाइसेन्सको मान्यता दिने निर्णय सरकार गर्दैछ । लाइसेन्सलाई चाहिने पैसा सेवाग्राहीले नै तिरेका थिए तर सरकारले पैसा नतिरेका कारण कार्ड छाप्नेले कार्ड दिएन भन्ने सुनिन्छ । नेपालमै कार्ड छाप्ने र प्रिन्ट गर्ने व्यवस्था नगरी नसक्ने काममा किन हात हालियो भन्ने जवाफ कसले दिने ? यही परिस्थितिमा पनि नेपालका दुई ठूला दलहरूको सरकार छ भनेर खुशी हुने जनता नेपालमा छन् । यो नै नेपाल र नेपालीको विशेषता हो ।
पैसा नतिर्ने उद्योगीहरूसँग सरकार कुम जोडेर बैठकमा बस्छ । तिनै उद्योगीहरूलाई सरकार विभिन्न राहत र सुविधा प्रदान गर्दछ तर किसानको पैसा नदिनेलाई हत्कडी लगाउँदैन । यस्तै मुलुकमा बसेर पनि सन्तोषको श्वास फेर्न सक्ने नेपालीहरूमाथि गौरव गर्नैपर्दछ ।
अब रसिदमै फोटो टाँस्ने र क्युआर कोड राख्ने व्यवस्था गर्ने भनिएको छ । रसिदमा क्युआर कोड आफैं छापिँदैन । यसका लागि अध्ययन गर्नुपर्ने होला, अध्ययन प्रतिवेदन अनुसारका छपाइ मेसिनहरू वा प्रिन्टरहरू खरिद गर्नुपर्ने पक्कै हुन्छ । कर्मचारीलाई तदनुरूपको तालिम चाहिन्छ नै । लाइसेन्सको जिम्मेवारी प्रदेश सरकारको भनिएको छ, त्यसैले यस प्रकारको व्यवस्था सातै प्रदेशमा गर्नै पर्ला । नेपालमा चलेको प्रचलन हेर्दा यो नयाँ गर्ने भनिएको यो व्यवस्थाले पनि कतै आयआर्जनको नौलो स्रोत बनाउन खोजिएको त होइन भन्ने आशंका जन्माएको छ । यसको सट्टा बरू पहिलेको जस्तै अधिकृतले हस्ताक्षर गरेर दिने हस्तलिखित नै भए पनि कार्डकै स्वरूपमा लाइसेन्स दिए राम्रो देखिन्थ्यो होला नि ?
मुलुकले राष्ट्रिय परिचय पत्रको नयाँ नियम हचुवामै लागू गर्दछ र कार्डकै अभावमा र सेवाग्राहीलाई सुविधाजनक तबरले दिन नसकेका कारण पछि हट्दछ । पासपोर्टको बुक सिद्धिएका कारण वितरण केन्द्र बन्द जस्तै राखिन्छ । जनताले नै पैसा तिरेर लिने सामग्री समेत सरकारले समयमा दिन सक्दैन भने नेपाल सरकारले के दिन सक्दछ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । नेपालको सरकार किन सधैं हचुवाकै भरमा निर्णय गर्दछ र नयाँ नयाँ नियम लगाउँछ भन्ने प्रश्नको उत्तर पनि कसैसँग छैन । यस्तै प्रश्नै प्रश्नका घेराका बीचमा रहेर पनि विश्व समुदाय सामु हामी खुशी छौं भनेर प्रमाणित गर्न सक्नु नेपालीहरूको ठूलै खुबी हो । नेपालमा सरकारका कुर्सीमा बसेकाहरूले यो कुरामा जनतालाई मुरीमुरी धन्यवाद दिनुपर्दछ ।
उखु किसानले उखुको पैसा नपाएको कुरा अब पुरानो भयो । ग्राहक सबैले पैसै तिरेर चिनी किने । चिनीको कुनै पनि ग्राहकले उधारो तिनै बाँकी शायदै होला तर दश वर्षअघिको उखुको पैसा नपाएर किसान आत्महत्या गर्न बाध्य भएका छन् । दूध किनेर खाने ग्राहकले एक डेढ महिनासम्म मात्रै उधारोमा दूध खाएका होलान् । अन्य दूग्धजन्य पदार्थहरू त हातहातै पैसा तिरेर किनेका छन् । दूध उत्पादक किसानहरूले भने वर्षौंको पैसा नपाउने मुलुक नेपाल नै हो । पैसा नतिर्ने उद्योगीहरूसँग सरकार कुम जोडेर बैठकमा बस्छ । तिनै उद्योगीहरूलाई सरकार विभिन्न राहत र सुविधा प्रदान गर्दछ तर किसानको पैसा नदिनेलाई हत्कडी लगाउँदैन । यस्तै मुलुकमा बसेर पनि सन्तोषको श्वास फेर्न सक्ने नेपालीहरूमाथि गौरव गर्नैपर्दछ ।
सहकारी सञ्चालकहरूले सर्वसाधारणको पैसा अनधिकृत रूपमा आफ्नो बनाएका छन् । दिनरात मिहिनेत गरेर सुरक्षाका लागि जम्मा गरेको पैसा हर्ताकर्ताहरूले झ्वाम पारेका कारण हजारौं सिधासादाको जीवन बर्बाद पारेका छन् । पैसा खानेहरू चिनिएका छन् र प्रहरीको सुरक्षा घेरा लिएर हिँडिरहेका पनि छन् । समयमा औषधिमूलो गर्न सकिएन, छोराछोरी पढाउने पैसा भएन भन्दै सरकार गुहार्दा उल्टै तिनै पीडितहरूमाथि सरकार खनिन्छ । लाठीचार्ज गर्छ, प्रहरी हिरासतमा राख्छ । यसरी नै मुलुक चलिरहँदा पनि नेपालीहरू विश्वका धेरै मुलुकहरूलाई पछि पार्दै खुशी जनताका सूचीमा धेरै अगाडि बढेका छन् । धन्य हुन् सन्तोषी नेपाली ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच