काठमाडौं । स्याउ, सदवहार फल हो । तर पनि यो सिजनलाई स्याउको सिजन भनिन्छ । यो समयमा स्याउ सजिलै उपलब्ध हुन्छ । तुलनात्मक रुपमा यो बेला स्याउको मूल्य कम पर्छ । अहिले बजारमा नेपालकै उत्पादनका स्याउहरु प्रशस्त पाइन्छन् । स्याउ एक प्रकारको फलफुलको राजा नै भन्दा पनि हुन्छ खानमा पनि निकै स्वादिलो हुन्छ ।
स्याउको सेवनले हाम्रो पाचन यन्त्रलाई चुस्त राख्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसको सेवनले मोटा व्यक्तिहरुलाई मुुटुरोग, डाइबिटिज, ब्लड प्रेसर आदि समस्याहरुले दुख दिन्छन् । स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ ।
यस्तै पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन । स्याउमा पाइने फाइबर मोटोपना कम गर्न सहायक हुन्छ । मोटोपना कम भएपछि मानिसहरु विभिन्न खतरनाक रोगहरुको चपेटामा पर्ने सम्भावना कम हुन्छ । साथै, यसमा पाइने पौष्टिक तत्वले शरीरलाई बलियोर र निरोगी पनि बनाउँछ ।
स्याउमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । त्यसैले प्रतिदिन स्याउको सेवन गर्ने वा यसको जुस पिउँदा हड्डीहरु मजबुत हुन्छन् । जो व्यक्तिहरुको हड्डी मजबुत हुन्छ उसलाई कम थकान महसुस हुन्छ । स्याउको सेवनले अनुहारमा हुने काला तथा सेता दागहरु हट्छन् । यसबाट अनुहारमा चमक आउँछ । साथै स्याउको प्रतिदिन सेवनले तपाईंको शरीरमा मौजुद रहेको अनावश्यक बोसो बिस्तारै बिस्तारै कम हुन्छ ।
स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई बोक्रासहित खान सके झनै लाभप्रद हुने बताइन्छ । नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ ।
स्याउको सेवनले शरीरमा टाइप २ मधुमेहको खतरालाई कम गर्छ । यसमा मौजद तत्वले शरीरुमा ग्लुकोजको कमी पूरा गर्छ ।
- पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच