काठमाडौं । वरिष्ठ चलचित्रकर्मी नीर शाहले कला इम्प्रेसनहरूको एक्स्प्रेसन रहेको बताउनुभएको छ । उहाँले नेपाली चलचित्रको प्रवद्र्धनमा कलकारको भूमिका विषयमा अन्तर्क्रियामा यस्तो धारणा राख्नुभएको हो । नेपाल चलचित्र कलाकार संघको ३६औं स्थापना दिवसको अवसरमा विकास बोर्डमा यो कार्यक्रम आयोजना गरेको थियो । कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि बैरागीको संयोजकत्वमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहनुभएका शाहले सैद्धान्तिक र दार्शनिक दृष्टिकोणमा आधारित धारणा राख्नुभएको थियो ।
‘अहिले कलाकारको विषयमा जति गुनासो आयो । त्यसको मुख्यकारण हामीले प्रतिपादन गरेका सैद्धान्तिक र दार्शनिक धरातलले मेल नखानुको कारणले उत्पन्न भएको हो । यी समस्या यदि समाधान उन्मुख हुन्छन् भने त्यसलाई हामीले सैद्धान्तिक रूपबाटै अन्त्य गर्न सक्छौ, अन्यथा असत्य गर्न सक्दैनौं’, शाहले भन्नुभयो, ‘अहिले छलफलका विषय पनि सैद्धान्तिक र दर्शनिक हुन् भन्ने मैले अनुभव गरेको छु । सबैभन्दा हामीले कलाकार भनेको के हो भन्ने बुझ्नुपर्छ । कलाकारितामा लामो यात्रा गर्दा मैले अभिनय कला भनेको इम्पैसनहरूको एक्स्प्रेसन हो भन्ने बुझे । अर्थात् प्रभावहरूको अभिव्यक्ति हो । कुनै न कुनै कुरामा प्रभावित नभई त्यो कुरा अभिव्यक्त गर्न सक्नुहुन्न । आफूलाई प्रभावित गर्ने कुरा जति राम्रोसँग गर्न सक्यो । त्यो त्यति राम्रो कलाकार भयो । हामी के प्रभावमा परेका छौ, त्यो बुझेपछि मात्र प्रभावबाट मुक्त हुनसक्छौं’, उहाँले भन्नुभयो ।
शाहले अहिलेको कलाकारहरूले पहिले कलाकारिता भनेको के हो ? र यसले कस्तो किसिमको जिम्मेवारी ग्रहण गर्छ ? भन्ने नबुझेको बताउनुभयो । यदि उक्त कुराको ज्ञान सबैसँग भएको भए उनले नेपाली फिल्मको प्रवद्र्धनमा निरन्तर लागिरहने उल्लेख गर्नुभयो । निर्देशक र प्राविधिकहरू विदेशी भए पनि पहिलो चलचित्र ‘आमा’मा शिवशंकर, बसुन्धारा भुसालहरूले समाजिक यथार्थलाई बोध गरी अभिनय गरेका कारण नेपाली चलचित्रको विकासक्रम सुरु भएको र यसले कहीँ न कहीँ चलचित्रको विकास र प्रवद्र्धन हुँदै आएको शाहले बताउनुभयो ।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले कलाकारहरूले चलचित्रको प्रवद्र्धनमा सहयोग नगरेको गुनासो सुनिएका बताउनुभयो । पछिल्लो समय कलाकारहरूले आफैंले स्टार स्वोघोषणा गर्ने र त्यही अनुसारको पारश्रमिक लिएर चलचित्र रिलिजको समय प्रवद्र्धधन र प्रचार प्रसारमा सहयोग नगरेको खड्काले जिकिर गर्नुभयो ।
यस्तै वरिष्ठ कलाकार बसुन्धरा भुसालले कलाकारिता क्षेत्रलाई कलाकार संघले संगठित गर्दै आएको बताउनुभयो । चलचित्र क्षेत्रलाई विकास बोर्डले सहकार्य गर्नुपर्ने पनि उहाँको भनाइ थियो । चलचित्र विकास बोर्डअन्गर्ततमा रहेको चलचित्रकर्मी कल्याणकारी कोषमा कालकारहरूको सहयोगको चासो नभएको उहाँले दुःख व्यक्त गर्नुभयो । ‘एउटा चलचित्रको पाँच सय दिए पनि अहिले चलचित्र कल्याणकारी कोष धेरै हुन्थ्यो । कलाकारलाई जब दुःख पर्छ कलाकार संघ चाहिन्छ । पारिश्रमिक रोकिन्छ कलाकार संघ चाहिन्छ । अहिलेका नायक, नायिका कार्यक्रममा नदेख्दा दुःख लागेको छ । चलचित्र र चलचित्र क्षेत्रको प्रवद्र्धनमा नदेख्दा दुःख लागेको छ । कलाकार संघ बलियो भयो, हामी एक जुट भयौ भने सरकालाई दबाब दिनसक्छौ’, भुसालले भन्नुभयो ।
कार्यक्रमका अध्यक्ष मोहन निरौलाले संघको इतिहासदेखि वर्तमानसम्मको अवस्था, समस्या र गतिविधिको बारेमा चर्चा गर्नुभएको थियो । कलाकारहरूको क्षमता विकास, स्वास्थ्य अवस्था र पेशाकर्मीको सुरक्षा र अधिकारका लागि संघ लाग्दै आएको उहाँको भनाइ थियो । पछिल्लो समय सरकारलाई स्वदेशी चलचित्रको प्रवद्र्धन हुनेगरी राष्ट्रिय चलचित्रको पक्षमा काम गर्न र कानुन निर्माण गर्न चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र सम्बन्धित पक्षलाई निरन्तर आहृवान र खबरदारी गर्दै आएको अध्यक्ष निरौलाले बताउनुभयो ।
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफू भर्खरै बोर्डमा आएकोले योजनाहरू बनाउने क्रममा रहेको बताउनुभयो । उहाँले छिट्टै चलचित्र विधेयक र चलचित्र नीति पास गर्नेगरी प्रक्रिया सुरु गरेको पनि सुनाउनुभयो । बहुवर्षीय योजनामा बनेपा फिल्म स्टुडियो निर्माण गर्ने भनिए तापनि आफ्नै कार्यकालभित्र निर्माण सकिनेगरी काम सुरु गर्न लागेको उहाँले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच