सरकारद्वारा ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारद्वारा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट पलेशाको खातामा सो रकम जम्मा गरेको हो ।

यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार र व्यवस्थापकलाई २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित पुरस्कार रकम खातामा गैसकेको जानकारी दिनुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?