काठमाडौं । नेपाल आउने विदेशी पर्यटकले प्रतिदिन औसत ४१ अमेरिकी डलर खर्च गरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार नेपाल आएका प्रत्येक पर्यटकले सन् २०२२ मा प्रतिदिन औसत ४०.५ डलर खर्च गरेका थिए । प्रत्येक पर्यटकले दैनिक औसत ४१ डलर अर्थात् औसत पाँच हजार रुपैयाँ खर्च गरेका छन् ।
सन् २०२२ मा पर्यटकको औसत बसाइ १३.१ दिन रहेकोमा २०२३ मा १३.२ दिन रहेको छ । जुन बसाइ २०२२ को तुलनामा ०.८ प्रतिशतले बढी हो ।
नेपाल भ्रमणमा आउने प्रत्येक पर्यटकले दैनिक औसत ४१ डलर अर्थात् औसत पाँच हजार रुपैयाँ खर्च गरेका हुन् ।
२०२३ मा नेपालले पर्यटक आगमनबाट ५४ करोड ८२ लाख डलर अर्थात् ७२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । २०२२ मा ३५ करोड ९७ लाख डलर अर्थात् ४७ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सन् २०२२ र २०२३ को दुर्ई वर्षमा नेपाल घुम्न आउने पर्यटक संख्या १६ लाख २९ हजार सात सय ५१ रहेकोमा हवाईमार्गबाट १५ लाख छ हजार नौ सय एक र स्थलमार्गबाट एक लाख २२ हजार आठ सय ५० पर्यटक आएका थिए । सन् २०२२ मा छ लाख १४ हजार आठ सय ६९ पर्यटक आएकामा २०२३ मा १० लाख १४ हजार आठ सय २२ पर्यटक आएका थिए । हवाईमार्गबाट आउने पर्यटक संख्या २०२२ को तुलनामा २०२३ मा ५४.३ प्रतिशत बढी हो । स्थलमार्गबाट २०२२ को तुलनामा २०२३ मा ३५२.४ प्रतिशतले बढी पर्यटक आएका थिए ।
दुर्ई वर्षमा नेपाल आउने पर्यटकमध्ये ५५.८४ प्रतिशत पुरुष र ४४.१२ प्रतिशत महिला छन् । सन् २०२२ को तुलनामा महिला पर्यटक बढी छन् । २०२२ मा तीन लाख ५८ हजार छ सय ८३ पुरुष पर्यटक आएकोमा २०२३ मा पाँच लाख ६६ हजार छ सय ६५ पुरुष पर्यटक आएका छन् ।
२०२२ मा दुर्ई लाख ५६ हजार १२ महिला पर्यटक र २०२३ मा चार लाख ४७ हजार चार सय सात महिला पर्यटक आएका छन् ।
नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै ३१-४५ वर्ष उमेर समूहका छन् । सन् २०२३ मा यस्तो उमेर समूहका सर्वाधिक तीन लाख १७ हजार एक सय ७० आएका छन् । जुन कुल पर्यटक आगमनको ३१.२५ प्रतिशत हो ।
दोस्रो स्थानमा ४६ देखि ६० वर्ष उमेर समूहका छन् । यस्तोे समूहका दुई लाख ७२ हजार तीन सय ४२ पर्यटक आएका छन्, जुन २६.८४ प्रतिशत हो । धेरै पर्यटक आएका प्रमुख पाँच देशमध्ये सबैभन्दा धेरै पर्यटक भारतका रहेका छन् भने दोस्रो नम्बरमा अमेरिका रहेको छ । तेस्रोमा बेलायत र चीन, चौथोमा अस्ट्रेलिया तथा पाँचौँ नम्बरमा बंगलादेश छन् । दुर्ई वर्षमा नेपाल भित्रिएका कुल पर्यटकमध्ये बिदा मनाउन आएका पर्यटक संख्या २०२२ मा तीन लाख ९७ हजार आठ सय २० रहेकोमा २०२३ मा छ लाख ३४ हजार तीन सय एक थियो । जुन संख्या २०२२ को तुलनामा २०२३ मा ५९.४ प्रतिशत बढी हो ।
धार्मिक गतिविधिका लागि २०२२ मा ७९ हजार एक सय ४६ पर्यटक आएकामा २०२३ मा एक लाख ३२ हजार नौ सय ४९ पर्यटक आएका थिए । जुन संख्या २०२२ को तुलनामा २०२३ मा ६८ प्रतिशत बढी हो ।
२०२२ मा पदयात्रा र पर्वतारोहणका लागि ६१ हजार सात सय एक र २०२३ मा एक लाख ५४ हजार दुई सय ६२ पर्यटक आएका थिए । जुन संख्या २०२२ को तुलनामा १५० प्रतिशत बढी हो ।
अन्य गतिविधिका लागि २०२२ मा ७६ हजार दुई सय दुई र २०२३ मा ९३ हजार तीन सय ७० पर्यटक आएका थिए, जुन २०२२ को तुलनामा २०२३ मा २२.५ प्रतिशत बढी हो । सो अवधिमा सबैभन्दा बढी पर्यटक बोक्ने एयरलाइन्समा कतार एयरवेज र नेपाल एयरलाइन्स रहेका छन् । तेस्रो नम्बरमा हिमालय एयरलाइन्स, चौथोमा फ्लाई दुबई र इन्डिगो र पाँचाँैमा इन्डिगो एयर र फ्लाई दुबई रहेका प्रतिवेदनमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच