
बागलुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको गाडी दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनखत भएको छ ।
पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपाली रहेको पुष्टि भएको हो ।
शुक्रबार विहान भएको पुथा उत्तरगंगा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटनामा गाडी चालक भुमे गाउँपालिका ३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते हुनु भएको छ । उहाँलाई धौलागिरी अस्पताल बागलुङमा ल्याएर उपचार थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
उहाँको अवस्था गम्भीर रहेको पौडेल बताउनुहुन्छ । गलकोट नगरपालिका–२ का स्थानीय प्रेम बहादुर कार्कीले शुक्रबार विहान घाँस काट्न जाँदा दुर्घटनाग्रस्त पिकअप देखेपछि प्रहरीलाई खबर गर्नु भएको थियो । घाइते पुनेको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । शवलाई गलकोट नगर अस्पताल हरिचौरमा लगिएको छ ।
बागलुङ दुर्घटनाप्रति अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा सवारी दुर्घटनामा परी निधन भएको खबरले स्तब्ध भएको बताउनुभएको हाे ।
अध्यक्ष दाहालले मृतक तीनैजनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच