दलाल संसदीय पुँजीवादीका कारण देश गम्भीर संकटमा पर्‍याे : प्रकाण्ड

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता प्रकाण्ड सीले दलाल संसदीय पूँजीवादी ब्यबस्थाका कारण देशमा चरम आर्थिक संकट चुलिएको दाबी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली ब्यूरोले आज कालीकोटको सदरमुकाम मान्ममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो बताउनुभएको हो ।

नेपालको राष्ट्रिय संकटको निकासको निर्विकल्प कार्यक्रम समाजवाद मात्र भएको र संसदवाद नभएको पनि प्रवक्ता सीले ठोकुवा गर्नुभयो । प्रवक्ता प्रकाण्डले नेपालमा दलाल पूँजीवादी ब्यबस्था फालेर समाजवाद ब्यबस्थामा नल्याउने हो भने देश भयावह स्थितिमा पुग्ने चेतावनी दिनुभयो ।

साथै उहाँले नेपाललाई साम्राज्यवादले दक्षिण एशियाको युक्रेन बनाउने षड्यन्त्र गरेको पनि खुलासा गर्नुभएको छ ।

उहाँले नेपालका सबै राजनीतिक पार्टी,परिवर्तनकारी क्रान्तिकारी शक्ति, देशभक्त शक्तिहरुले समयमा विचार गर्ने नगर्ने हो भने नेपाल दक्षिण एशियाको युक्रेन बन्नेमा कुनै शंका नरहेको स्पष्ट पार्नुभयो ।

प्रवक्ता प्रकाण्डले भन्नुभयो “जनताको जीवन धरापमा छ । सबै पार्टीका इमान्दार नेता कार्यकर्ताहरु एकठाउँमा नआउने हो भने देश युक्रेन बन्नेछ । यो बनाउने साम्राज्यवादी षड्यन्त्र छ । केही दलालहरुले अमेरिकाको गुणगान गाएका छन् । केही मान्छेहरु राष्ट्रघाती साम्राज्यवादको एजेण्ड छन । राष्ट्र धेरै खतरामा छ । सबै पार्टीका नेताहरु समस्या छ भन्नेमा सहमत छन । उनीहरु संसदवादबाट निकास खोज्न चाहान्छन तर संसदवादबाट निकास सम्भव छैन ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?