मनसुन नसकिँदै दाङमा प्राकृतिक विपदबाट ८ जनाको मृत्यु, दुई सय बढी घरपरिवार प्रभावित

Read Time = 5 mins

-विवेक खड्का
दाङ । सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता छ । यद्यपि साउनको मध्यसाता भैसक्दा पनि मनसुन अझै सक्रिय भएको छैन । तर अत्यधिक वर्षाले सिर्जना गर्ने विपद् व्यवस्थापनको तयारी नहुँदा यसले ल्याउने जोखिम पनि उत्तिकै छ ।

यो अवधिमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्का घटना हुने र ठूलो मात्रामा जनधनको क्षति हुने गर्छ । यस वर्ष अन्य वर्षको तुलनामा अत्यधिक वर्षाको पूर्वानुमान विज्ञहरूले गरेका छन् । यो स्थितिमा वर्षाजन्य विपद् झन बढ्न सक्ने देखिएको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने संभावित क्षति न्यूनीकरण, विपद्पश्चातको अवधिमा प्रतिकार्य तथा पुनःस्थापना लगागतका काममा लागि संघ, प्रदेश र स्थानीय तहलाई उत्तिकै जिम्मेवार बनाइएको छ । तर जिल्लामा प्रभावकारी रुपमा काम हुन सकेको छैन । केही पालिकाहरुले गैरसकारी संस्था सँगको समन्वयमा विपदको पुर्व तयारीमा काम गरेपनि त्यो पनि प्रमावकारी भने भएको छैन ।

दाङ जिल्लामा एक बर्षको अवधिमा विपदका घट्नामा परेर ८ जनाले ज्यान गुमाएका छन् । दुई सय बढी घर परिवार प्रभावित भएका छन् । गतबर्षको साउन महिनादेखि असार महिनासम्म जिल्लाका विभिन्न स्थानमा भएका आगलागी,हावाहुरी, चट्याङ्क, बाढी, सर्पदंशलगायतका विभिन्न प्राकृतिक विपद्का ७५ घट्नामा ८ जनाले ज्यान गुमाएको जिल्ला आपत कालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार ८ जना मध्य आगलागीमा परेर ५ जना, सर्पदंशका कारण २ जना र चट्याङका कारण एक जनाको मृत्यु भएको छ । विपद्का विभिन्न् घट्नाहरुमा ५ जना घाइते भएका थिए । जसमा चट्याङ लागेर ३ जना, सर्पदंश र करेन्ट लागेर एक बर्षको अवधिमा १÷१ जना घाइते भएको केन्द्रले जनाएको छ ।

एक बर्षको अवधिमा भएका ७५ घट्नामा दुई सय ३ परिवार प्रभावित भएका जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका महेन्द्र रावतले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीका कारण २५ घर, आगलागीका कारण ४१,सर्पदंशका कारण ४ र चट्याङका ४ गरेर ७५ वटा घट्नाहरु घटेका छन् । एक बर्षको अवधिमा भएका सवै घट्नाहरुमा दश करोड बढीको अनुमानित क्षेत्री भएको आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गत बर्ष आगलागीका कारण नौ करोड ५३ लाख २० हजार र हावाहुरीका कारण ५० लाख बढी गरेर सवै घट्नाहरुमा दश करोड ३ लाख २० हजार बराबरको क्षेती भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

गृहमन्त्रालयद्वारा प्रकाशित ‘मनसुन तथा बेमौसमी वर्षाका घटनासहितको प्रतिवेदनमा गत वर्ष मनसुन तथा मनसुनपछिका बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो, डुबानबाट नेपालाई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति तथा नोक्सानी बेहोर्नुपरेको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार गत वर्षको मनसुन अवधिमा ९१० घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे भने १४२ जनाले ज्यान गुमाएका छन् ।

अझै पनि मनसुनका कारण हुने मानवीय क्षति कम गर्न सकिएको छैन र यो हरेक वर्ष बढ्दो क्रममा छ । ‘राज्यका तीनै तहका सरकारले यो विषयमा थप सहकार्य गर्न सके क्षति घटाउन सकिन्छ’ नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले भन्नुभयो ‘ तर त्यो जिल्लामा हुन सकेको छैन ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?