सिंजामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुल्यो

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको–६ स्थित भाडगाउँको दिलौरीमा स्थापनाहुने बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ। शिक्षालयलाई चाहिने जग्गा पास भएको छ।

गाउँपालिकाको लगातारको लामो प्रयासपश्चात् सिटिइभीटीले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाको काम अब अगाडि बढ्ने सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी दिनुभयो । हालसम्म कूल १७ हजार १६५ वर्ग मिटर जग्गा प्राप्त भएको छ । बाँकी थप जग्गा प्राप्तिको क्रममा रहेको गाउँपालिकाका अध्यक्ष धितालको भनाइ छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी सानोठिमी भक्तपुरले सिंजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटीइभिटी पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्ने गरी आङ्गिक शिक्षालयका लागि औपचारिक रुपमा जग्गा पास भएको सिंजा गाउँपालिकाका सुचना अधिकारी मित्रलाल धितालले जानकारी दिनुभयो । सरकारले आफ्नै लगानीमा शिक्षालय स्थापना हुने भएको छ। यहाँका विपन्न घरपरिवारका छोराछोरीले प्राविधिक शिक्षामा सहज पहुँच हुने सिंजा गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाले बताउनुभयो ।

बहुप्रविधिक शिक्षालय स्वीकृत गराउन जग्गा निःशुल्क प्रदान हुने व्यवस्था मिलाइएको थियो। समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्नेलगायत समस्या दर्साएपछि यो ठुलो उपलब्धि हासिल भएको सिंजा गाउँपालिकाले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?