कङ्गोको सैनिक अदालतद्वारा ३७ जनालाई मृत्युदण्डको सजाय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे १९ को असफल कू विरुद्धको सुनुवाइमा किन्शासाको सैन्य अदालतले तीन अमेरिकीसहित ३७ जना कू षड्यन्त्रकारीहरूलाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ ।

राष्ट्रिय टेलिभिजनमा प्रशारण भएको सुनुवाइसँगै राजधानी किन्शासामा रहेको सैन्य अदालतले कुल ५१ जनालाई मुद्दा चलाएको थियो ।

मृत्युदण्डको सजाय पाएका तीन अमेरिकीहरूलाई आपराधिक सङ्गठन, आक्रमण र आतंकवादको अपराधमा दोषी ठहर गरिएको थियो । जसमा कू प्रयासको कथित नेता क्रिश्चियन मलंगाका छोरा मार्सेल मलंगा पनि थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?