काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशिल रहेको बताउनुभएको छ ।
राष्ट्रिय बाल दिवस २०८१ मुल समारोहलाई काठमाडौंमा शनिवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताउनु भयो ।
उहाँले नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेको बताउनु भयो । उहाँले बालबालिकाको सुरक्षाका लागि थप लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले बालबालिकाका संरक्षणका सवालमा नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेको बताउनु भयो । उहाँले बालबालिकाप्रतिको हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानताका समस्याले बालबालिकाको उज्वल भविष्यमा नकारात्मक असर परेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न विशेष गरी यस आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापनले समेत प्रष्ट पारेको छ । वर्तमान सरकार बालअधिकार सुनिश्चितताका लागि अत्यन्त संवेदनशिल रहेको छ भन्ने म विश्वास दिलाउन चाहन्छु । नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेका कारण थप लगानी बढाउनुपर्ने आवश्यकता छ । हरेक विकास र परिवर्तनका साथ केही नयाँ समस्याहरु सिर्जना हुने गर्दछन् । आजका दिनमा बालबालिकाका संरक्षणका सवालमा हामी नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेका छौँ । बालबालिकाप्रतिको हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानता जस्ता समस्याले बालबालिकाको उज्वल भविष्यमा पर्ने नकारात्मक असरलाई उन्मुलन गर्नु सबैको साझा दायत्व र जिम्मेवारी हो ।’
मन्त्री सुडीले विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाहरुको लागि सरकारले पर्याप्त श्रोत र साधन परिचालन गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बालबालिकाहरुको अधिकार सुरक्षित र सुनिश्चित गर्न लगानीको आवश्यकता रहेको उल्लेख गर्नुभयो । यस वर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बाल दिवस मनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच