काठमाडौं । चलचित्र ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला चलचित्रले मात्र आवेदन दिएपछि अब यो चलचित्र ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो ।
आवेदन दिने बिहीबार अन्तिम मिति रहेको र शाम्बालाबाहेक अन्य कुनै पनि चलचित्रले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले चलचित्रलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइ सक्नुपर्नेछ ।
ओस्कार अवार्डको ९७औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस एञ्जलसमा आयोजना हुँदैछ । यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत प्रदर्शन भएर प्रशंसा बटुलेको हालै काठमाडौंमा प्रीमियर शो अयाोजना गरिएको थियो, जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थिति रहेको थियो ।
मीनबहादुर भामद्वारा निर्देशित यो चलचित्र शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । ‘शाम्बाला’ले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा चलचित्रमा विषयवस्तुको रूपमा उठाएको छ । तीनजना दाजुभाइसँग विवाह गरेकी युवती गर्भवती भएको थाहा पाएपछि उनी ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमान्लाई खोज्न दोस्रो श्रीमान्सँग यात्रामा जाने कथामा निर्माण भएको छ ।
चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वांग्याल गुरुङ, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ । चलचित्रलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले प्रदर्शनमा ल्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच