ज्ञान निकेतन र जेनिथ फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ज्ञान निकेतन र जेनिथ तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा गरेका छन् । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सेमिफाइनलमा ज्ञान निकेतनले सैनिकलाई ३९-२३ ले पराजित गर्‍यो ।

ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले २१ अंक योगदान गर्नुभयो । सुशिल शाहीको १३ अंक सहयोगमा जेनिथले नेरिक एकेडेमीलाई ३९-३१ ले हरायो । जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र ज्ञान निकेतन उपाधिका लागि भिड्ने भएका छन् ।

एआइएले सनसाइनलाई ३०-२० ले पाखा लगायो । विजेताका दिक्षान्त ठकुरीले १० अंक जोड्नुभयो । ज्ञान निकेतनले पुष्प सदनमाथि २०-१४ को जित दर्ता गर्‍यो । विजयी टिमका लागि दिप्सन अधिकारीले १५ स्कोर गर्नुभयो ।

सिनियर गल्र्समा इनोभोटिभ र एनसिसिएसले फाइनलमा स्थान सुरक्षित गर्नुभयो । इनोभेटिभले चेल्सी वल्र्ड स्कुलको यात्रा २९-२३ ले पूर्णविराम लगायो । इनोभेटिभकी रिड्डी मगरले ११ अंक जोड्नुभयो । एलाइट ग्राण्डविरुद्ध एनसिसिएस २०–१४ ले विजयी भयो । एनसिसिएसकी विभा महर्जनले ९ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?