यति बेला सत्तापक्ष र विपक्षबीच संसद्मा द्वन्द्व चलरिहेको छ । नीति निर्माण र देशको समग्र विकासका साथै आममानिसको सरोकारलाई उठान गर्नुपर्ने थलोमा ‘इगो’को लडाइ चलरिहेको छ । कसैले कति धेरै एकअर्काको मानमर्दन गर्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । संसद् कानुन निर्माणको प्रमुख थलो हो । तर हाम्रा माननीयहरूले यहाँ वादप्रतिवादको शृंखला चलाइरहेका छन् । सत्ता पक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप तथा अवरोधलगायत कारणबाट संसद् प्रभावहीन हुँदै गएको छ । दलहरूबीच हार्दिकता देखिँदैन संसद्मा । जसले गर्दा अन्तिम अवस्थामा पुगेका विधेयक पनि थन्किएर बसेका छन् ।
यो राजनीतिक नेतृत्व र सांसदको गैरजिम्मेवारीपनको उपज हो । संसद् जनप्रतिनिधिहरू रहने साझास्थल हो । जहाँ सार्वजनिक चासोको विषयमा छलफल, बहस र निर्णय हुनुपर्ने हो तर हाम्रो दुभाग्र्य यस्तो हुन सकेका छैन । कहिले यो वा कहिले त्यो बहानामा संसद् अवरुद्ध गरिदै आएको छ । सार्वजनिक हितकानिम्ति काम गर्ने कसम खाएर राजनीतिमा लागेकाहरूमा त्यो प्रतिबद्धमा स्खलित हुँदा हामीले यो दूरअवस्था देख्नु र भोग्नु परेको हो भन्दा अक्तिशयोक्ति नहोला ।
यो राजनीतिक नेतृत्व र सांसदको गैरजिम्मेवारीपनको उपज हो । संसद् जनप्रतिनिधिहरू रहने साझास्थल हो । जहाँ सार्वजनिक चासोको विषयमा छलफल, बहस र निर्णय हुनुपर्ने हो तर हाम्रो दुभाग्र्य यस्तो हुनसकेका छैन । कहिले यो वा कहिले त्यो बहानामा संसद् अवरुद्ध गरिँदै आएको छ ।
पटक-पटक संसद् अबरुद्ध हुन्छ फेरि चल्छ यो प्रक्रिया चलि नै रहेको छ । पछिल्लो समय पुनः संसद् स्थगित भएको छ । यतिवेला संसदमिा ‘हिंसा’ भन्ने शब्दले सत्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप चलिरहेको छ भने अर्को विषय सत्ता पक्ष दलहरूले उपसभामुख इन्दिरा रानामगरले राजीनामा दिनुपर्ने बताइरहेका छन् । यो अहिलेको आवश्यकता हो कि होइन, त्यो त विस्तारै बहस हुँदै जाला । तर आजको आवश्यकता के हो ? यो प्रश्नमा राजनीति दलहरू गम्भीर बन्न नसकेकोमा चिन्ता छ ।
संसद्मा हुने नहुने निरर्थक बहस गरेर समय कटाउने काम भएको छ । जनताले तिरेको करमा रमाउनेहरूलाई के भन्नु ? आज उनीहरू कै कारण देश नै अद्योगितको यात्रामा देखिन थालेको आभास हुन्छ । यसले के देखाउछ भने यिनीहरू र राजनीति दल कुशलपूर्वक देश सञ्चालन गर्न असफल भएका छन् । एकपछि अर्र्काे काण्डमा नेताहरू मुछिँदै आएका छन् । यस्तो भएपछि उनीहरूको पछि लाग्नु बेकार जस्तो महसुस गर्न थालेका छन् आमजनसमुदायले ।
विश्वव्यापी आर्थिक संकटले मुलुकलाई पारेको असरबारे राष्ट्रिय बहस हुनसकेको छैन संसदमा । युवा विदेशिने प्रवृत्ति रोक्ने उपायबारे साझा धारणा बनाउन छलफल भएको छैन । निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधारबारे छलफल भएको खै ? विकासको रफ्तार बढाउनेबारे छलफल किन हुँदैन ? नजिकिएको चाडबाँडमा जनतालाई अधिकतम सहुलियत दिने, घरसम्म फर्कने यात्रुहरूको यात्रा सुरक्षित बनाउने, महँगी रोक्ने जस्ता विषयले किन प्राथमिकता पाउँदैनन् ? यस्ता विषयमा दलहरू एकमत हुनुपर्नेमा अनाबश्यक बहसमा उत्रनु राम्रो होइन । तर, सत्ता स्वार्थमा आधारित राजनीतिमै रमाउने सांसदहरू अहिले बेमौसमी विवादमा फसेका छन् ।
यस्तो मतभेदले राजनीतिक नेतृत्वप्रति जनताको विश्वास थप घटेर जाने निश्चित छ । यसबारे सबै राजनीति दलहरूले सोच्न आवश्यक छ । राजनीति दल र तिनका नेताहरू यो देशको भाग्य र भविश्य बनाउने विषयमा चिन्तित बन्न नसक्दा देश अध्यारो सुरुङको यात्रामा प्रवेश गरेको आभास हुन्छ । हाम्रो देशले विकासको उज्यालो किरण कहिले छर्ने । यही गति र नेताहरूको यही मतिले निरन्तरता पाएमा एकदेशको कथा जस्तो हुने निश्चित छ ।
फोहोरी राजनीतिले मुलुक पछाडी धकेलिरहेको छ । सबैभन्दा पहिला अब राजनीतिको फोहोरलाई सफा गर्न जरुरी छ । त्यसो भयो भनेमात्र केही सोच्न सकिनेछ । पुराना पाराले यो देश चल्न सक्दैन । यो देशको मुहार फेर्न नयाँ चिन्तन र नयाँ सोच आबश्यक छ । त्यसका लागि राजनीति इच्छाशक्तिको आवश्यकता पर्दछ । राजनीतिक इच्छाशक्तिले नै देशको भविश्य निर्माणका लागि दिशा निर्देशन गर्ने गर्दछ । राजनीति दलहरू र तिनका नेताहरू मुलुक बनाउन होइन, आफू र आफ्ना आफन्त बनाउन राजनीतिमा आएको देखियो ।
पछिल्लो राजनीति गतिविधिले त्यही संकेत गर्दछ । जनतामा निराशा बढ्दै जानु र नेतामा उत्साह बढ्नु देशका लागि घातक हो । नेताहरू पैसा थुपारेर उत्साहित छन् भने जनता बिहान बेलुकाको छाक टार्ने समस्याले निराश छन् । फरक यही हो । जनतालाई चुसेर गरेको शासन टिकाउ हुँदैन । जनतालाई चित्त बुझाएर गरेको शासन टिकाउ हुन्छ । यो बिश्व ब्यापी मान्यता हो । लामो समयदेखि नेपाल र नेपाली जनताले धेरै दुःख पाउँदै आएका छन् । जनताको मुहारमा अझै हाँसो आउन सकेको छैन । यो बास्तबिकतालाई मनन् गर्न साँच्चै जरुरी छ ।
यो सत्य कुरा हो कि आज देश आशा जगाउने किसिमले अघि बढन सकिराखेको छैन । हिजो जसरी चलेको थियो अहिले पनि त्यही गतिले चलेको छ । यसरी जनता सन्तुष्ट हुन सकेका छैनन् । राज्य सयंन्त्र चलाउनेहरू नै गतिशील छैनन् । आज देशमा सरकार परिवर्तन पटकपटक भए पनि सुधार आउन सकेको देखिँदैन । खाली एकले अर्को पार्टीलाई तल पार्ने दाउ बाहेक नेपालको राजनीतिमा अरू केही देखिएको छैन । आफू सरकारमा हुँदा सबै कुरा ठीक हुने अर्को पार्टी सरकारमा जाँदा सबै बेठिक हुने प्रबृत्ति हावी हुँदै गएको छ ।
यो राम्रो संकेत पटक्कै होइन । समाज रूपान्तरणको मुद्दा बोकेका राजनीति दलहरू नै बेइमान भइदिँदा आजको यो दूराअवस्थाबाट ग्रुजिनु परेको हाम्रो तितो यर्थाथ हो । समस्या यहाँनिर अडकिएको छ । राजनीति दल र तिनका नेताहरू इमानदार बन्न नसक्दा जनता आशावादी हुन सकेका छैनन् । राजनीति दलहरू र तिनका नेताहरूको व्यवहार पार्टीको नीति र शिद्धान्त अनुसार अघि बढन सकेन । आज देशमा निष्ठा र त्यागको राजनीति किम्बदन्ती जस्तो भएको छ । देशको राजनीतिमा पात्र बदलिए पनि प्रवृत्ति उस्तै छ । अरू के भन्ने ? हरेक ठाउँमा उही पुनरावृत्ति भइरहेको छ ।
राजनीतिक क्षेत्रमा देखिएको यो प्रवृत्ति समाजको हरेक क्षेत्रमा देखा परेको छ । यसले गर्दा नेपाली जनता राजनीतिमा त्यति उत्साहित देखिदैनन् । अझै पनि बहुसंख्यक जनताले व्यवहारमा वास्तविक लोकतन्त्रको अनुभूति गर्न पाइरहेका छैनन् । सत्य त यो हो नी । जनताका दैनिक जीवनयापनका समस्याहरू जस्ताको त्यस्तै रहेका छन् । लामो समय यी समस्या विषयमा सरकार मौन बन्दै आएका छन् ।
लोकतन्त्रमा फरक विचार राख्न पाइन्छ । सभा सम्मेलन, सभा, जुलुस, लेख्ने र बोल्ने अधिकार जनताले त पाए तर आधारभूत समस्या समाधान नहुँदा जनता असन्तुष्ट छन् । रचनात्मक आलोचनालाई सुन्ने साहस सबै दलहरूले गर्नुपर्छ । त्यसो भयो भनेमात्र लोकतन्त्र बलियो बन्न सक्छ । आज हरेक संस्था लोकतन्त्रीकरण हुनुको साटो दलीय भागवण्डामा अल्झिएका छन् ।
त्यसले गर्दा मुलुक अघि बढन सकेको छैन । राजदूत नियुक्तिदेखि संवैधानिक, निकाय, मुख्यसचिव, सचिवदेखि न्यायाधीश चयनसमेत दलीय भागवण्डाका आधारमा हुने गरेको छ । यो परिपाटी कहिलेसम्म जाने हो यसै भन्न सकिँदैन । सबै क्षेत्रमा इमानदार तथा योग्यहरू पाखा लाग्नुपर्ने स्थिति उत्पन्न भएको छ । राजनीति, प्रशासन र समग्र शासन व्यवस्थामा देखा परेको यस्तो गलत परिपाटीले राम्रो सन्देश दिइरहेको छैन । यस्तो अवस्थामा लोकतन्त्रको सुदृढीकरण हुन सक्दैन ।
राजनीति मूल नीति मध्येको मुख्य नीति हो । यो नीति नै खराव भयो भने सबै खराव हुँदै जाने हो भएको त्यही हो । आज राजनीतिमा देखिएको फोहोर, बेथिति र कुसंस्कारको प्रभाव जहाँतहीँ परेको छ । नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणको गति भने निकै सुस्त रहेको छ । राजनीतिक दल, संवैधानिक निकाय, उद्यम व्यवसायीहरूको संगठन आदि निकायहरू जवाफदेही, पारदर्शी, उत्तरदायित्व बहन गर्न सक्नुपर्छ । तर, व्यवहारमा कामभन्दा अरू धन्दा हुँदै आएका छन् । देशमा विकास, सुशासन र समृद्धिको बहस दिनहुँजसो हुने गरेको सुनिन्छ । तर, भ्रष्टाचार दिनानुदिन बढेको देखिन्छ । आज सबै खाले बहस निरर्थकजस्तै हुने गरेका छन् ।
मुलुकको शासनसत्ता चलाउनेहरू नै चोखा छैनन् । उनीहरूले हरेकजसो कार्यक्रममा जाँदा देशमा भ्रष्टाचार हुन नदिने र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्ने गर्छन् । तर, त्यसलाई व्यवहारमा उतार्न उनीहरू सकिरहेका छैनन् । त्यसैले दिनानुदिन भ्रष्टाचार बढिरहेको तथ्य जगजाहेर नै छ । पछिल्लोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन र मुद्दा दायरको क्रमलाई हेर्ने हो भने सरकारी सेवामा रहेका राष्ट्रसेवक र जनप्रतिनिधिहरू धमाधम भ्रष्टाचार प्रकरणमा मुछिइरहेको देखिन्छ ।
मुलुकको शासनसत्ता चलाउनेहरू नै चोखा छैनन् । उनीहरूले हरेकजसो कार्यक्रममा जाँदा देशमा भ्रष्टाचार हुन नदिने र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्ने गर्छन् । तर, त्यसलाई व्यवहारमा उतार्न उनीहरू सकिरहेका छैनन् । त्यसैले दिनानुदिन भ्रष्टाचार बढिरहेको तथ्य जगजाहेर नै छ । पछिल्लोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन र मुद्दा दायरको क्रमलाई हेर्ने हो भने सरकारी सेवामा रहेका राष्ट्रसेवक र जनप्रतिनिधिहरू धमाधम भ्रष्टाचार प्रकरणमा मुछिइरहेको देखिन्छ । देश र जनताको सेवामा समर्पित हुने भनेर शपथ खाएर सरकारी सेवामा प्रवेश गरेका राष्ट्रसेवक तथा जनप्रतिनिधिहरू एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिँदै जानु भनेको दुःखद् कुरा हो । अख्तियारद्वारा भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रम बढेको छ ।
यसरी हेर्दा मुलुकमा सुशासनको अवस्था धेरै कमजोर रहेको देखिएको छ । समाचारलाई आधार मानेर भन्ने हो भने गतवर्ष भ्रष्टाचार गर्नेमा सबैभन्दा अग्रपंक्तिमा निजामती कर्मचारीहरू देखिएका छन् । निजामती क्षेत्रमा विकृति, विसंगति अत्यधिक रुपमा बढेर गएको देखिन्छ । सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न निजामती कर्मचारी देखिएका छन । मुलुक बनाउने भनेकै जनप्रतिनिधि र कर्मचारी मिलेर हो । यहाँ मिलोमतोमा भ्रष्टाचार मौलाएको छ । मुलुक बनाउने र जनताको मुहारमा खुशी ल्याउने जिम्मेवारी उनीहरूको हातमा छ । जनप्रतिनिधि र कर्मचारीहरू नै धमाधम भ्रष्टाचार प्रकरणमा परेपछि जनताले उनीहरूवाट के आश गर्ने ? आज मुलुकको विकास प्रक्रिया अवरुद्ध छ ।
केही जनप्रतिनिधि र केही कर्मचारीहरूका कारण अरुको पनि बदनाम हुने गरेको छ । सबै जनप्रतिनिधि र कर्मचारी त्यस्ता छैनन् त्यसो भन्न खोजेको पनि होइन । यसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा नै गम्भीर धक्का पुगिरहेको छ । जनतालाई कसरी जीवन धान्ने भन्ने चिन्ता छ, उता नेताहरूलाई आ-आफ्नै चिन्ता छ । अहिलेसम्म आलोपालो गठबन्धन गरेर देशको ढुकुटी दोहन गरिरहेका छन् ।
हाम्रो देशमा नेता धेरै भए, राजनीति पनि धेरै भयो । अरू देशमा नेता कम र उद्योग, उत्पादन धेरै हुन्छ । देशमा उद्योग कलकारखाना नभएर धेरै युवा बेरोजगार छन् । यसै गत श्रावणमा ६० हजार नेपाली बाहिरिएका छन् । नेपाली जनतालाई घाँटी निचोर्ने गरी कर लगाइएको छ यहाँ । देशमा टिक्न–बस्न नसकेर नेपालीहरू विदेश भागेका छन् । जब देशमा जनशक्ति व्यवस्थापन हुन्न, तब हुने यस्तै हो । हाम्रा राजनीति दलहरूले के गर्न खोजेका हुन । नेपालमा अबको एक दशकमा मतदाता नपाउने स्थिति बन्न सक्छ । यो भयावह स्थितिलाई कसले मनन गर्ने ? दलहरू किन गम्भिर छैनन ? नेताहरू सबैजसो सत्ता आलोपालोमा व्यस्त छन् ।
यसले गर्दा देशको बारेमा सोच्ने फुर्सदसमेत उनीहरूलाई छैन । उनीहरू खाली आ-आफनो दुनो सोझायाउने बाटोमा मात्र अग्रसर छन् । देश र जनताको भविश्यको बारेमा खासै चासो र चिन्ता दिइएको देखिदैन । संसद्मा निरर्थक बहस चलाइरहेका छन् र विदेशमा पसिना बगाएर पठाएको रमेट्यिान्समा रजाइ गरिहेका छन् । कहिलेसम्म हामिले यो दुभाग्य भोग्नुपर्ने हो । सार्वजनिक हित र देशको समुचित विकासका निम्ति नेता, सांसदहरूले आफूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर जबसम्म सोच्दैनन् तबसम्म हाम्रो यो अस्थामा परिवर्तन नआउने निश्चितप्रायः छ । हाम्रो बिन्ती छ क्रिपया आफूलाई राष्ट्रियस्वार्थमा केन्द्रित गर्नुहोस् अन्यथा भावी पुस्ताले तपाईंलाई सधै धिर्कानेछ ।
(उपाध्याय १५३ विश्वकीर्तिमानी व्यक्तित्व हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच