न्यायका लागि सदन र सडक दुबै ठाउँबाट पहल गर्छौं : अध्यक्ष दाहाल

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 5 mins

झापा । मुलुकको चर्चित भ्रष्टाचार काण्ड मध्येको एक गिरीबन्धु टि स्टेटको समस्या समाधानको माग गर्दै आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

सो विषयमा परेको मुद्दाको सर्वोच्च अदालतले २०८० माघ २४ गते फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि आफूहरू मारमा परेको भन्दै स्थानिय स्तरमा गठित समितिले अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाएको हो । बसपार्क समन्वय समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले गिरीबन्धुको बिषयमा बोल्दा आफू नेतृत्वको सरकार ढलेको बताउनु भएको छ ।

शनिबार साँझ बिर्तामोड आइपुगेका अध्यक्ष दाहाल आइतबार बिहान टेकबहादुर गिरी बसपार्क (नयाँ बसपार्क) पुग्नुभएकाे थियाे । ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले आफू र माओवादी केन्द्र भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा अडिग रहेकाे बताउनुभयाे । उहाँले जग्गा आवास कम्पनीले जग्गा कित्ताकाट गरी विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरेको थियो । सदन र सडक जहाँबाट भएपनि पीडितलाई न्याय दिलाउने उहाँले आश्वासन दिनुभयाे ।

साविक जग्गा धनी सुदर्शन गिरीको माग निवेदन अनुसार सो क्षेत्रको ५१ विगाहा जग्गामा रहेको चिया बगान अन्यत्र स्थानान्तरण गरी सट्टापट्टा गर्न दिने सरकारको मन्त्रीस्तरीय निर्णयबाट सो जग्गा नाज टी स्टेटको नामबाट बिर्तामोड आवास कम्पनीको नाममा बिक्री भएको थियो ।

जग्गा आवास कम्पनीले जग्गा कित्ताकाट गरी विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरेको थियो । करिब दुई दशक अघि बिक्री भइसकेको जग्गा भोगचलनमा सर्बोच्चको पूर्णपाठले रोक लगाएपछि अहिले त्यहाँका बासिन्दा नचल्ने धनीपुर्जा लिएर बसेका छन् । अहिले उनीहरूको सबैखाले कारोबार थप्प छ ।

बसपार्कसहित व्यवसायिक प्रयोजनका सयौँ घर र अन्य भवन रहेको जग्गाको सम्बन्धमा नियम विपरीत भोगचलन गरिएको भन्दै २०६४ सालमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो । भोग चलन भइरहेको अवस्थामा गिरीबन्धु टी स्टेटको जग्गाको बिषयमा परेको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले २०८० माघ २४ गते फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

सर्बोच्चको पूर्णपाठमा सो ५१ विगाहा जग्गाको बिषयमा रोक्का राख्नु भन्ने कुनै आदेश नभएको, अगाडिको रिट खारेज भइसकेको अवस्थामा जिल्ला मातपोत कार्यालयले सो जग्गाको कारोबार रोक्का राखेको भन्दै समन्वय समितिले समस्या समाधानका लागि अध्यक्ष दाहाललाई आग्रह गरेको हो ।

जग्गाको किनबेच, धितो रोक्का लगायतका काम नहुँदा स्थानीय समस्यामा परेको सो समितिले अध्यक्ष दाहाल समक्ष जानकारी गराएको छ । मालपोत कार्यालयमा गएर बुझ्दा भूमिसुधार मन्त्रालयमा लेखि पठाएको र जवाफ नआएकाले केही गर्न नसकिएको जवाफ आफूहरूले पाएको समितिमा रहेकाहरू बताउँछन् ।

झापाको बिर्तामोड र अर्जुनधारा नगरक्षेत्रमा रहेको बसपार्क क्षेत्रको जग्गा समस्या समाधान समितिको तर्फबाट हरि भण्डारीको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधान गरिदिन भनेको हो । अध्यक्ष दाहाललाई बुझाइएको ज्ञापनपत्र तीन पृष्ठ लामो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?