काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ । डा.उपाध्यायले गीतसंगीत तथा विविध क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको वान स्टार लण्डन लिमिटेड युकेले जनाएको छ । डा.उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोमा विशेष सम्मान अर्पण गरिएको जनाइएको छ ।
यो संस्था विश्वको चर्चित संस्थामध्ये एक रहेको र यसले सेलेक्टेड व्यक्तिहरूलाई मात्र सम्मान गर्ने गरेको पाइएको डा.उपाध्यायको भनाइ छ । डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच