लुम्बिनी प्रदेश सरकारले गर्‍यो योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमवार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका-८ निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सदस्यहरुमा रोल्पा परिवर्तन गाउँपालिका-६ निवासी डा.सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका-१६ निवासी भुवन चौधरी र रुपन्देही स्थित बुटवल उपमहानगरपालिका-१८ निवासी शान्ता देवि ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले दाङ जिल्ला शान्तिनगर गाउँपालिका-४ चिराघाट बाट परिवर्तनगरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो ।

यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?