पोखरा । ७औँ कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङ शिल्ड प्रतियोगितामा शहीद स्मृति स्कुल प्रथम भएको छ । स्कुलले १३ स्वर्ण, पाँच रजत र तीन कांस्यसहित प्रतियोगिता जितेको हो ।
प्रतियोगितामा २० किलो पुरूषतर्फ प्रथम सुप्रिम गुरुङ (याप्सुलुट), दोस्रो सिम्मसन गुरूङ (शहीद स्मृति), तृतीय आरोन थापा (पोखरा), अब्रिम बराल (राइजिङ स्टार), २० किलो महिलातर्फ प्रथम अध्या श्री(याप्सुलुट) दोस्रो शृंखला नेपाली (ईंप्याक्ट) तृतीय लक्ष्मी तामाङ (शहीद स्मृति) र तृतीय जानु तामाङ(लक्ष्मी मावि)ले जित्नुभयो ।
त्यस्तै २३ किलो पुरूषतर्फ प्रथम विवेक शाही (शहीद स्मृति), दोस्रो विराज भण्डारी (याप्सुलुट), तृतीय निश्चल ढकाल(लक्ष्मी मावि) र तृतीय बुद्धिलंका मगर(बालप्रभात) हुनुभयो ।
महिला २३ किलोतर्फ प्रथम अनुष्का घर्ती मगर (शहीद स्मृति), दोस्रो संस्कृति लामिछाने(रिठेपानी), तृतीय एन्जल बुढामगर(हिमालयन टाइगर) र निश्मा गिरी(यशोदा) हुनुभयो । ३५ केजी महिलातर्फ रोजी महर्जन(शुक्रराज), दोस्रोमा आश्रा पुन(शहीद स्मृति), तृतीय दिया घर्तीमगर(राइजिङ स्टार) हुनुभयो । यस्तै, सिलेष्टी अधिकारी(पिपुल टुगेदर), ३८ केजी महिलातर्फ प्रथम विपसा कुमाल(शहीद स्मृति), दोस्रो मारियाम खातुन(हिमालयन टाइगर) तृतीय दिव्यानी बन्जरा(कास्की मोर्नाईज) र अन्तिमा किसी(पिपुल टुगेदर), त्यसैगरी ५१ केजी पुरूषतर्फ प्रथम अजय जिसी (शहीद स्मृति), दोस्रो करुण खाँड(याप्सुलुट), तेस्रो सुशान्त कुमार श्रेष्ठ(सैनिक) र सचिन आले मगर (सगरमाथा) हुनुभयो ।
पुरूष २६ केजीतर्फ प्रथम केवि तामाङ (शहीद स्मृति), दोस्रो सिभ्जन पुन(हिमालयन टाइगर), २६ किलो महिलातर्फ प्रथम सञ्जु शाही(शहीद स्मृति) र २९ केजी पुरूषतर्फ प्रथम जेनिस घर्ती(शहीद स्मृति), दोस्रो जेमेन गुरुङ(याप्सुलुट), तृतीय सुजित मानन्धर(पिपुल टुगेदर) र सुभम लामिछाने(यशोदा), २९ केजी महिलातर्फ सृष्टि राई(हिमालयन टाइगर), तृतीय अञ्जु गुरुङ(शहीद स्मृति) हुनुभयो ।
५३ किलो महिलातर्फ प्रथम पूजा जैसी(वल्र्ड मिसन), दोस्रो निकिता गुरुङ(लेकसाइड), तृतीय विपना गुरुङ(लेखनाथ) र तृतीय क्रिस्टिना डिआर (पोखरा) हुनुभयो । एकल पुम्से महिलातर्फ प्रथम प्रतीक्षा राना(याप्सुलुट), दोस्रो रक्षा पूर्जा(पोखरा), तृतीय एलिना गुरुङ(वल्र्ड मिसन) र कञ्चन गुरुङ(माछापुच्छ«े) हुन सफल हुुनुभयो ।
३० गते भएको प्रतियोगितामा ४९ किलो महिलातर्फ प्रथम कुसुम विक(शहीद स्मृति),४४ किलो महिलातर्फ प्रथम विपना घर्ती (शहीद स्मृति),४१ किलो महिलातर्फ प्रथम अञ्जना शाही(शहीद स्मृति), ३८ किलो महिलातर्फ प्रथम विपाशा कुमाल (शहीद स्मृति), ३२ किलो महिलातर्फ प्रथम लक्ष्मी विक(शहीद स्मृति) विजयी हुनुभयो ।
त्यस्तै ४५ किलो पुरूषतर्फ प्रथम सुजन श्रेष्ठ(शहीद स्मृति), ३८ किलो पुरूषतर्फ प्रथम अमृत प्रजा (शहीद स्मृति), ४१ किलो पुरूषतर्फ दोस्रो मन्जित गुरूङ (शहीद स्मृति), ३२ किलो पुरूषतर्फ दोस्रो आशिष गुरुङ (शहीद स्मृति), ३५ किलो पुरूषतर्फ दोस्रो वीरेन्द्र कुँवर (शहीद स्मृति) हुन सफल हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच