काठमाडौं । भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ ।
भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जिप भोटेकोशीमा खसेको थियो ।
उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका–५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीबाट निकालेको थियो ।
तामाङको शव उहाँका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच