काठमाडौं । भुटानको राजधानी थिम्पुमा सात राष्ट्र सम्मिलित साफ यू-१७ फुटबल च्याम्पियनसिपमा खेल्ने टोलीको बिदाइ गरिएको छ । चाङ्लिमिथाङमा हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंकासँगै छ । चाइनिज ताइपेईमा एएफसी यू-२० एसियन कपको छनोट खेल्ने अर्को नेपाली युवा टोलीको पनि एन्फाले मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम गर्दै बिदाइ गरेको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र सिइओ इन्द्रमान तुलाधारलगायतले नेपाली टोलीको बिदाइ गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री चौधरीले सगरमाथाजस्तो उच्च मनोबलका साथ खेल्न शुभकामना दिँदै साफ यू-१७ मा नेपालको इतिहास राम्रै रहेकाले यो नतिजालाई कायम राख्न अनुरोध गर्नुभयो ।
मन्त्री चौधरीले आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न नभई नेपालको प्रतिनिधि भएर जाँदैछु भन्ने महसुस गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।
एन्फाका अध्यक्ष नेम्वाङले नयाँ फुटबल रंगशाला निर्माणका लागि जग्गा खोजी भइरहेको बताउनुभयो । साथै उहाँले दुवै नेपाली टोलीलाई राष्ट्र सम्झेर खेल्दै जितेर आउन शुभकामना दिनुभयो ।
यू-२० युवा टोलीले एसियन कप छनोट चरणमा समूह ‘बी’ मा रहेर प्रतिस्पर्धा गर्दैछ । उक्त समूहमा आयोजक चाइनिज ताइपेई, बहराइन, उज्वेकिस्तान र कम्बोडिया छन् ।
नेपालले आफ्नो पहिलो खेल कम्बोडियासँग यही असोज ५ गते (सेप्टेम्बर २१) खेल्नेछ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईसँग असोज ७ गते (सेप्टेम्बर २३) र उज्वेकिस्तानसँग असोज ९ गते (सेप्टेम्बर २५) खेल्ने तय छ ।
दुई दिनपछि ताइपेई सिटीमा नेपालले बहराइनविरुद्ध खेल्नेछ । समूहमा पहिलो हुने टोलीले आगामी सन् २०२५ मा चीनमा आयोजना हुने यू-२० एसियन कपमा सिधै स्थान बनाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच