बर्दियामा महिलाको हत्या, एक जना पक्राउ

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बर्दियामा मंगलबार राती एक जना महिलाको घरमै हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा गएराति १२ बजेर ३० मिटेमा ३९ वर्षीया मीना थारुको धारिलो हतियार प्रयाेग गरी गम्भिर घाइते अवस्थामा उद्धारगरी बारबर्दिया नगर अस्पतालमा लगिएको थियो । उनको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले बताउनु भयो ।

हत्याको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु पप्पु नियन्त्रण लिएको छ । हत्याको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?