झापा । इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया किशोरी मनिषा लोहारको हत्या कोठामा जान नमान्दा भएको खुलेको छ ।
प्रेमी भनिएका अनिल विकले मनिषालाई पटकपटक 'कोठामा जाऊ' भनेको तर मनिषाले नमानेपछि आवेगमा आएर अनिलले मनिषालाई अन्धाधुन्ध छुरा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
हत्यामा प्रयोग भएको छुरा अनिल आफैँले किनेर ल्याएको समेत खुलेको छ । कोठामा तरकारी काट्न सोही दिन बिहान आफूले बजारबाट छुरा किनेर मनिषालाई ल्याइदिएको उनले प्रहरी समक्ष बताएका छन् ।
भदौ २८ गते साँझ ६.३० बजेतिर झापा अर्जुनधारा नगरपालिका ६ महानन्दचोकमा अनिलले शरीरका तीन ठाउँमा छुरा प्रहार गरेर समसाँझै मनिषाको निर्मम हत्या गरेका थिए ।
मनिषाको हत्या गरेर भाग्न खोजेपछि स्थानीयले बल प्रयोग गरेर अनिललाई समातेका थिए। सोही क्रममा अनिल गम्भीर घाइते भएका थिए । प्रहरी पुग्न केही ढिलो भएको भए अनिलको त्यही मृत्यु हुनसक्ने एक प्रत्यक्षदर्शीले बताए । " स्थानीयले अनिललाई मरणासन्न हुने गरी कुटेका थिए" ती प्रत्यक्षदर्शीले भने," प्रहरी पुग्न केही ढिला भएको थियो भने उसको त्यही मृत्यु हुन सक्थ्यो ।"
पहिला बिर्तासिटी अस्पताल बिर्तामोड र प्रादेशिक अस्पतालमा भद्रपुरमा उपचार पछि अनिललाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । स्वास्थ्यमा सुधार भएपछि सोधपुछ गर्ने काम भइरहेको इप्रका बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो ।
अनिल अहिले पनि पूर्ण स्वास्थ भइसकेका छैनन् । पूर्ण स्वास्थ भएपछि थप विवरण र घटनाको थप तथ्य खुल्ने प्रहरीले जनाएको छ । मेनपावरमा काम गर्ने मनिषा र अनिल अटोमा कोठा फर्किएका थिए। कोठामा फर्किदा उनीहरू बीच विवाद भएको थियो ।
अनिलले कोठा जाने सर्त राखेको र मनिषाले कोठा नजाने अडान राखेपछि विवाद चुलिएको थियो। तर पनि उनीहरू निकट भएकोले अंगालो मारेर हिडिरहेका थिए। सोही बेला अनिल मनिषाको घाँटीमा छुरा हानेका थिए। मनिषा भुइँमा ढलेपछि अनिलले अन्धाधुन्ध छुरा प्रहार गरेका थिए । मनिषाको तत्कालै मृत्यु भएको थियोे ।
कैलाली गौरीगंगा नगरपालिका ३ का २० वर्षीय अनिल र मनिषाको परिचय अढाई वर्षअघि सामाजिक सञ्जालमार्फत भएको थियो । त्यसपछि उनीहरू निकट भएका थिए। मनिषाले अनिललाई दाजु भनेर चिनाउने गरेकी थिइन् ।
अनिलको घर कैलाली भएपनि उनको परिवार भारतमा बस्दै आएको छ । अनिल भारत सिलिगुडीमा कपडा पसलमा मार्केटिङको काम गर्दै आएका छन् । यसअघि पनि अनिल र मनिषाको बेलाबेला भेटघाट हुँदै आएको थियो ।
घटना भएको दिन मोबाइल र मनिषाको घर जाने वा नजाने भन्ने विषयमा भएको थियो । मनिषाले कोठामा नभई घरमै गएर कुरा गर्न भनेपछि अनिल आवेगमा आएका थिए ।
छिटो रिसाउने र प्रतिक्रिया दिइहाल्ने अनिलको स्वभाव मनिषालाई मन परेको थिएन । अनिलको स्वभावकै विषयमा उनीहरूबीच विवाद हुने गरेको थियो । घटना भएको दिन अनिल मनिषालाई भेट्न सिलिगुडीबाट आएका थिए । केहीबेर घुमेर उनीहरू कोठा फर्किएको खुलेको छ ।
बिर्तामोडस्थित त्रिवेणी एचआर मेनपावरमा काम गर्दै आएकी मनिषाको छुट्टी भएपछि उनीहरू अटो चढेर कोठा बिर्तामोड ५ स्थित पाथीभरा टोलतर्फ लागेका थिए । अटोबाट उत्रिएपछि उनीहरुबीच विवाद भएको थियो ।
कोठामा पुगेपछि अनिलले साह्रो बोल्ने र अरुले थाहा पाउने भन्दै मनिषाले कोठामा जान नमानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कोठामा जान नमानेकै झोँकमा अनिलले छुरा प्रहार गरि मनिषाको हत्या गरेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच