
काठमाडौं । नेपाल निर्यात परिषद्ले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । निर्यात क्षेत्रमा संलग्न संघ, संस्था र उद्यमी, व्यवसायीमा आपसी सम्बन्धको विकास गराई नेपालकोे निर्यात प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले परिषद्का पूर्वअध्यक्ष राजु श्रेष्ठको सम्मानमा निर्यातयोग्य वस्तु उत्पादन तथा निर्यात व्यवसायमा संलग्न संघ, संस्थाबीच पहिलोपटक मैत्रीपूर्ण ‘फस्ट इकोन प्रेसिडेण्ट कप इन्टर एसोसिएसन फुटसल टुर्नामेन्ट २०८१’ आयोजना गर्ने भएको हो ।
बिहीबार बिहान काठमाडौंको महाराजगञ्जमा आयोजना हुने फुटसल प्रतियोगितामा परिषद्, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल फ्रेट फरवाड्र्स एसोसिएसन, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल पश्मिना उद्योग संघ, नेपाल हाते कागज संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघसहित १० संघ, संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच