
हेटौंडा । पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।
हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । यसैगरी एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकालाई ५ लाखसहित सम्मान गरिएको छ । एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उहाँकी माता रत्ना गुरुङले सम्मान ग्रहण गर्नुभयो । उहाँका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाखसहित सम्मान गरिएको छ ।
यसैगरी तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो । कार्यक्रम अघि पलेशा र उहाँका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच