इटालीको पहिलो जित

हिमालय टाइम्स
Read Time = 4 mins

रोम । इटालीले युइएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा पहिलो जित निकालेको छ । इटालीले हंगेरीलाई २–१ ले पराजित गर्दै पहिलो जित हात पारेको हो । मंगलबार राती भएको खेलमा घरेलु टोलीको जितमा निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले १–१ गोल गर्नुभयो । हंगेरीले एक गोल उपहार पाएको थियो ।

खेलको ३०औँ मिनेटमा निकोलो बरल्लाको गोलबाट इटालीले सुरुवाती अग्रता लिएको थियो । ४५औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको अग्रता दोब्बर पार्नुभयो । ६१औँ मिनेटमा जियानलुका मान्सिनीले गरेको आत्मघाती गोल इटालीका लागि सान्त्वना बन्यो ।

पहिलो जितसँगै इटाली दुई खेलबाट चार अंक जोडेर समूहमा शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको हंगेरी तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जर्मनीको दुई तथा इंग्ल्यान्डको एक अंक छ ।

यता इंग्ल्यान्डले जर्मनीसँग १-१ गोलको बराबरी खेलेको छ । एलिएन्ज एरिना म्युनिखमा मंगलबार राती भएको खेलमा घरेलु टोलीका लागि जोनास होफमानले गोल गर्नुभएको थियो भने इंग्ल्यान्डका कप्तान हृयारी केनले एक गोल गर्नुभएको थियो । जर्मनीले खेलको ५०औँ मिनेटमा अग्रता लिएको थियो । जोनास होफमानले योसुवा किम्मिखको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाउनुभएको हो ।

निर्धारित समयको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य बन्यो । ८८औँ मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई हारबाट जोगाउनुभएको हो । यो बराबरीसँगै इंग्ल्यान्डले समूहमा पहिलो अंक जोडेको छ । इंग्ल्यान्ड पहिलो खेलमा हंगेरीसँग पराजित भएको थियो । जर्मनीको यो लगातार दोस्रो बराबरी हो । यो नतिजापछि जर्मनी दुई अंक जोडेर तेस्रो तथा इंग्ल्यान्ड एक अंक जोडेर पुछारमा छ । इटालीको चार तथा हंगेरीको तीन अंक छ ।

यस्तै अर्को खेलमा टर्कीले लिथुआनियामाथि ६-० को सानदार जित हात पा¥यो । टर्कीको फराकिलो जितमा डुगुकान सिनिक र सेरदर डर्सनले समान दुई गोल गर्दा युनुस एकगन र हालिल डर्भिसोग्लुले समान १–१ गोल गर्नुभयो । टर्कीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा चार गोल थपेको थियो ।

टर्कीको यो लगातार दोस्रो जित हो । लगातार दोस्रो जितसँगै टर्की ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहे पनि लक्जेमवर्ग गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित लिथुआनिया अंकविहीन हुँदै पुछारमा छ । फारोई आइल्यान्डले पनि अंकको खाता खोल्न सकेको छैन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?