भोजपुर । भवन अभाव भएपछि नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरले भवन निर्माण प्रक्रिया सुरु गरेको छ ।
जिल्ला समितिको निर्णयानुसार आफ्नै जग्गामा बहुउद्देश्यीय शिक्षक भवन निर्माणको प्रक्रिया सुरु गरिएको संगठन जिल्ला अध्यक्ष ध्रुवराज रेग्मीले बताउनुभयो । भवन निर्माणका लागि आफ्नै सदस्यहरुबाट आर्थिक सहयोग संकलन तथा स्वयम् घोषणा अभियान समेत सुरु गरेको अध्यक्ष रेग्मीको भनाई रहेको छ । अध्यक्ष रेग्मीले भन्नुभयो, “शैक्षिक अनुसन्धान केन्द्र भोजपुर मार्फत कोशी प्रदेश सरकार र भोजपुरका नौ ओटै स्थानीय पालिकाहरुमा आर्थिक सहयोग संकलनका लागि मागपत्र पेस गरिएको थियो ।”
संगठनको भवन निर्माणका लागि प्रदेश सरकारबाट २५ लाख विनियोजन भई जग्गाको नाप जाँचसहित ठेक्का आह्वान भएको छ । यसबाट दुई तले पक्की कार्यालय भवन बन्ने छ । भवन निर्माणका लागि भोजपुरका पालिकाहरुले समेत बजेट बिनियोजन गरेका छन । जिल्लाको पौवादुङमा गाउँपालिकाबाट तीन लाख, अरुण गाउँपालिकाले दुई लाख, टेम्केमैयुम गाउँपालिकाले दुई लाख ५० हजार, षडानन्द नगरपालिकाले दुई लाख, भोजपुर नगरपालिकाले दुई लाख, हतुवागढी गाउँपालिकाले एक लाख, साल्पासिलिछो गाउँपालिकाबाट एक लाख र आमचोक गाउँपालिकाबाट एक लाख रकम विनियोजन भएको छ । यस्तै जिल्लाको रामप्रसाद राई गाउँपालिकाबाट पनि सहयोग हुने संगठनले जनाएको छ ।
संगठनमा आवद्ध शिक्षकहरुबाट समेत भवन निर्माणका लागि ब्यक्तिगतरुपमा सहयोग गरि रहनु भएको संगठनका सचिव बिष्णु कुमार राईले बताउनुभयो । शिक्षकबाट हालसम्म सात लाख ५४ हजार आठसय ३१ रुपैया स्वयम घोषणा भएको छ । स्थानीय पालिकाहरुर शिक्षकहरुबाट संकलित बजेटबाट भवन निर्माणको अपुरोकाम पूरा गर्दै बैठक तथा सभाहल निर्माण गरिने सचिव राईले जानकारी दिनुभयो ।
सचिव राईले भन्नुभयो, “भवन निर्माणले भोजपुरका शिक्षकहरुको आफ्नै भवन बन्ने छ, पेशागत विकास, अध्ययन अनुसन्धान, अनुभव आदानप्रदान, बैठक सेमिनार, कार्यालय व्यवस्थापन लगायतका सवालमा शिक्षकहरुले भवनको सिर्जनात्मक बहुउपयोग गर्न सक्नु हुनेछ ।” भवन निर्माणका लागि २०६१ सालको नेतृत्वले सदरमुकाम नजिकै भोजपुर नगरपालिका क्षेत्रमा तीन रोपनी एक आना तीन पैसा दुई दाम जग्गा खरिद गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच