तिलिचो तालमा निर्वाचनसम्बन्धी गीत छायांकन

Read Time = 2 mins

काठमाडौं । नेपाली भान्साघर न्यूओर्कको सहयोगमा इन्द्रेणी फाउण्डेशनद्वारा बाढीपीडितलाई सहयोग गरिएको छ । मनाङको ताल गाउँका बाढीपीडितलाई साढे पाँच लाख सहयोग गरिएको हो । भान्साघर न्यूओर्कका विमला हमाल श्रेष्ठ, बाबुराम श्रेष्ठ र नरवीर गुरुङ र इन्द्रेणीका कृष्ण कँडेलले बाढीपीडितलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै लमजुङको सुन्दर बजार नगरपालिकाका मिर्गौला पीडित सोनम गुरुङलाई पनि सो समूहले एक लाख पचास हजार सहयोग गरेको थियो । इन्द्रणी समूहले सो अवसरमा मनाङको तिलिचो ताल पुगेर निर्वाचनसम्बन्धी गीत पनि छायांकन गरेको थियो । यसका लागि तिलिचो तालमा कोरियोग्राफर कृष्ण रसाल, इन्द्रणीका कृष्ण कँडेल, गायक युवराज, गायिक कृष्ण बजागाईं, गायिका मनमाया वाइवा, गायिका शर्मिला श्रेष्ठ, सोनी भुजेल थापा, दीपकजंग घिमिरेलगायत पुग्नुभएको थियो ।

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृंखलाअन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा छ । यस तालको लम्बाइ चार किलोमिटर, चौडाइ एक दशमलव दुई किलोमिटर र गहिराइ सरदर दुई सय मिटर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?