
काठमाडौं । विश्व स्कुल दूध दिवसका अवसरमा नेपाल डेरी एसोसिएसनले काठमाडौंको सेन्ट जर्ज स्कुलका विद्यार्थीका लागि दूधसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, सदस्य रविशरण थापा र वेदलाल गौतम, विद्यालयका शिक्षकशिक्षिकालगायत उद्योगीहरूको सहभागिता थियो ।
एसोसिएसनका उपाध्यक्ष धमला, एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे, केन्द्रीय सदस्य थापालगायतले दूध तथा दुग्धजन्य पदार्थ पौष्टिकताले भरिपूर्ण रहेकाले विद्यार्थी, अभिभावक सबैले दैनिकरूपमा सेवन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
अध्यक्ष दाहालले दूधबाट बनेका परिकार, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रम बताउँदै साताव्यापी विद्यालय दूध दिवसको महत्वबारे चर्चा गर्नुभएको थियो । नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन भन्ने नाराका साथ असोज ३ गतदेखि साताव्यापीरूपमा विश्व स्कुल दूध दिवस मनाइँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच