सीताराम यन्चुरी जिउँदो हुँदा मानिसले उनी दक्षिण इण्डियन बाहुन भए तापनि कम्युनिष्ट भएकोले नास्तिक हुन् भन्ने सोचेका थिए । उनको मृत्युले प्रमाणित गर्यो कि उनी एकजना इसाई रहेछन् । दक्षिण एशियाका कम्युनिष्टहरू कसरी जनतालाई ढाँट्छन्, यो एउटा उदाहरण हो । नेपाली कम्युनिष्टका गुरु त जनतालाई ढाँट्छन् भने उनका चेलाहरूले जनतालाई कति ढाँट्छन् ? केपी ओली पदको शपथ ईश्वरको नाममा खाँदैनन् तर मन्दिर जान्छन्, कुमारी पूजा, मत्सेन्द्रनाथको रथयात्रा, भोटो देखाउने यात्रामा जान्छन् । सीतारामको प्रतिमा बनाएर माडीको अयोध्यापुरीस्थित रामजन्मभूमिमा स्थापित गर्छन् ।
पुष्पकमल दाहाल ईश्वर मान्दैनन् तर महाकाल र पशुपतिमा गएर पूजा गर्छन्, भैंसी पूजा गर्छन्, सरकार प्रमुख हुँदा देवी देउताहरूसँग सम्बन्धित कार्यक्रममा पनि जान्छन् तर ईश्वर मान्दैनन् । होली वाइनका नेपालका लागि थोक बिक्रेता युनिभर्सल चर्चका पाष्टर माधव नेपालले पनि प्रधानमन्त्री पदको शपथ ईश्वरका नाममा खाएनन् तर भागवत सुन्न जान्छन्, मन्दिर पनि जान्छन्, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पनि जान्छन् । नेपालका कम्युनिष्टहरू आफूलाई नास्तिक भन्छन्, धर्म अफिम हो भनेर कार्लमाक्र्सकोे वचन दोहोर्याउँछन् तर उनीहरू छद्म ख्रिष्टान हुन् । नेपालमा ख्रिष्टानीकरण गर्न पछि पर्दैनन् । बी.पी.कोइरालाले पशुपतिनाथलाई म्युजियममा राख्नुपर्छ भनेका थिए ।
माक्र्सले युरोपमा चर्चहरूको राज्यमाथि हस्तक्षेप र मनपरीतन्त्रको विरोधमा धर्मलाई अफिम जस्तो हो भनेका थिए । जबकि हामी कहाँ कहिल्यै धर्मले राज्यमाथि आफ्नो हुकुम चलाएन । उनले युरोपका लागि भनेको कुरा कसरी नेपालमा लागू हुनसक्छ ? नेपाल त झन् वैदिक सनातन धर्मको जन्मस्थल हो ।
इण्डियाबाट युएसएड नेपालमा ख्रिष्टान धर्म प्रचारका लागि आफ्नो कार्यालय नेपालमा खोल्न खोज्दा, गृहमन्त्रीको हैसियतले प्रत्यक्ष रूपमा धर्म प्रचार गर्न अनुमति उनले दिन मिल्दैन, अरू काम देखाएर आउन भने । त्यसपछि युएसएड नेपालमा मिसन अस्पताल खोल्न भनेर नेपाल पसे र पाल्पाको भुसालडाँडामा मिसन अस्पताल खोले । यसरी धर्म प्रचार घुमाउरो पारामा गर्न उक्त संस्थाले नेपालको विभिन्न ठाउँमा मिसन अस्पतालहरू खोल्दै गयो । उनले आफ्ना छोराहरूलाई आफू मरेपछि आफ्नो काजक्रिया नबस्नु भनेका थिए । उनले साहित्यमा पनि यस्तै विचार व्यक्त गरे । २०३३ सालमा नेपाल फर्केपछि मात्र उनको हृदय परिवर्तन भएको हो ।
माक्र्सले युरोपमा चर्चहरूको राज्यमाथि हस्तक्षेप र मनपरीतन्त्रको विरोधमा धर्मलाई अफिम जस्तो हो भनेका थिए । जबकि हामी कहाँ कहिल्यै धर्मले राज्यमाथि आफ्नो हुकुम चलाएन । प्राचीनकालमा गुरुपुरोहितहरूले राजालाई राज्य सञ्चालनमा धर्मसंघ, लोककल्याणकारी राष्ट्र स्थापना र राष्ट्रको समृद्धि तथा बाहृय शत्रुबाट राष्ट्रको रक्षा कसरी गर्ने भनेर सल्लाह दिन्थे तर कुनै दबाब दिँदैनथे । राजनीतिमा गुरु, पुरोहितको कुनै हस्तक्षेप थिएन, थियो त केवल असल सल्लाह । माक्र्सले युरोपका लागि भनेको कुरा कसरी नेपालमा लागू हुनसक्छ ? नेपाल त झन् वैदिक सनातन धर्मको जन्मस्थल हो ।
यहाँ सनातन धर्मावलम्बी, हिन्दू, बौद्ध, किरात, बोन सबै धर्मका मानिस मिलेर बसेकै थिए । कुनै पनि धर्मगुरुहरूले राज्यमाथि कहिल्यै हस्तक्षेप गरेको इतिहास छैन । शिव अवतार गुरु गोरखनाथले राम शाह, द्रव्य शाह र पृथ्वीनारायण शाहलाई दर्शन नै दिएका थिए । गुरु गोरखनाथको आशीर्वादले पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेका थिए । गुरु गोरखनाथको गुरु मत्छेन्द्रनाथ यही पवित्र भूमिमा आएर बसे । मत्छेन्द्रनाथको रथयात्राको दर्शन गर्न सनातन धर्मविरोधी यी शासकवर्ग किन जाने गर्दछन् ? के यो उनीहरूको बाध्यता हो ?
माक्र्सले युरोपका लागि धर्म किन अफिम जस्तै हो भने त ? ग्यालेलियोले पृथ्वी सूर्यको चारैतिर घुम्छ भन्दा यो बाइबलविरोधी भयो भनेर चर्चले विरोध गरेपछि राज्यले उनलाई थुन्यो । बाइबलमा सूर्य पृथ्वीको चारैतिर घुम्छ भनेर लेखेको थियो । चर्चले ग्यालेलियोले आफ्नो भनाइ फिर्ता लिएर सूर्य पृथ्वीको चारैतिर घुम्छ भनेर नस्वीकारे उनलाई मृत्युदण्ड दिन चर्चले आदेश दिएपछि बाध्य भएर ग्यालेलियोले आफ्नो भनाइ फिर्ता लिए र आजीवन नजरबन्दमा बस्नुपर्यो । कालक्रममा ग्यालेलियो सत्य ठहरिए । जियोर्दाना ब्रुनो इटालीका दार्शनिक, खगोलशास्त्री, कवि तथा गणितज्ञ थिए । जसलाई क्याथोलिक चर्चले ज्युँदै जलाएको थियो । उनको अपराध थियो, उनले खगोल वैज्ञानिक निकोलस कोपरनिकसको विचार ‘ब्रहृमाण्डको केन्द्र पृथ्वी नभएर सूर्य हो’लाई समर्थन गरेका थिए ।
उनको विचारलाई समर्थन गर्दै ब्रुनोले भनेका थिए, ‘आकाश त्यतिमात्र होइन जति हामी देख्छौं, यो अनन्त छ र यसमा अनन्त विश्व छन् ।’ उनले धर्मका बारेमा भनेका थिए, धर्म त्यो हो जसमा सबै धर्मका अनुयायी एक अर्काको धर्मको बारेमा खुलेर चर्चा गर्न सकून् । प्रत्येक ताराको आफ्नो परिवार हुन्छ जस्तै हाम्रो सौर परिवार छ । सूर्यजस्तै प्रत्येका तारा आफ्नो परिवारको केन्द्र हो । यो ब्रहृमाण्डमा असंख्य ब्राहृमण्ड छन्, ब्राहृमण्ड अनन्त र अथाह छ । उनको मत थियो, पृथ्वीमात्र होइन सूर्य पनि आफ्नो कक्षमा घुम्छ । यस्तो भनाइका कारण उनले चर्चका पादरीहरूको घोर विरोध र कठोर यातना सहनुपर्यो, उनी आठ वर्ष जेल बसे ।
तैपनि उनले हार स्वीकार नगरेपछि उनलाई चर्चका पोप र पादरीहरूले रोमको चौबाटोमा खाँबोमा बाँधेर मट्टितेल खन्याई आगो लगाएर मारेका थिए, सन् १६०० को १७ फेब्रुवरीमा । कार्ल माक्र्स चर्च, पादरी र पोपको यस्तो जघण्य अपराधको कथा पढेर ख्रिष्टान धर्मकोविरोधी भई रिलिजनलाई अफिम जस्तो हो भनेका थिए । उनी आजीवन नास्तिक रहे, हाम्रा कथित कम्युनिष्टजस्तो उनी बाहिर कम्युनिष्टभित्र ख्रिष्टान होइनन् । माओवादीहरू त पश्चिमाहरूको निर्देशन तथा सहयोगको बलमा कथित जनयुद्धमा एउटा हातमा बाइबल र अर्को हातमा बन्दुक लिएर सनातन धर्म र सनातन धर्मावलम्बीमाथि आक्रमण गरेर नेपालमा ख्रिष्टान धर्मको विस्तार गरेका थिए । जसलाई कांग्रेस, एमालेलगायत दलले २०६३ सालपछि विदेशीको इसारामा बनेको संविधान जारी गरेर संस्थागत गरे ।
माक्र्सले धर्मलाई अफिम भनेका थिएनन्, रिलिजनलाई अफिम भनेका थिए । पश्चिमा वैज्ञानिकहरूले हज्जारौं वर्षअगाडि लेखिएको हाम्रो वेद, उपनिषद आदिको आधारमा उपरोक्त धारणा सार्वजनिक गरेका थिए । त्यसैले वेदलाई विज्ञान भनिन्छ । धर्म, रिलिजन र मजहबमा फरक छ । रिलिजन र मजहब भनेको धर्म नभएर मत हो । मत अफिम हुनसक्छ तर धर्म कदापि अफिम हुन सक्दैन । माक्र्सले इस्लामहरूले एशियामा धर्मान्तरणका लागि गरेको बर्बर आक्रमण, बेबिलोन, मिश्रलगायत सभ्यताको अन्त्य गरेको देखेका थिए ।
इण्डिया लगायत दक्षिण एशियामा इस्लाम आक्रमणकारीहरूले कसरी सनातन धर्म सभ्यतामाथि आक्रमण गरेर समाप्त पारेको, पोप र पादरीहरूद्वारा सामान्य मानिसमाथि गरेको अन्याय र अत्याचार, बन्दुकको बलमा धर्मान्तरण तथा राज्यमाथि नियन्त्रण गरेको देखेर उनले रिलिजनलाई अफिम भनेका थिए न कि धर्मलाई । उनी इण्डियन उपमहाद्विपमा आएका थिएनन्, त्यसैले उनलाई यहाँको धर्म, संस्कृति र सभ्यताबारे ज्ञान थिएन् ।
धर्मले अरूको हितका लागि प्राण दिन्छ तर मतहरूले आफ्नो मत फैलाउन अन्तिममा ज्यान नै लिन्छन् । माक्र्सले धर्मको नभएर मतलाई अफिम भनेका थिए तर हाम्रा कम्युनिष्टहरूले मतलाई धारण गरेर धर्मलाई अफिम भन्दै सनातन धर्मभूमि, देवीदेउताहरूको निवास र क्रीडास्थलमाथि आक्रमण गरेर सनातन धर्ममाथि आघात पु¥याइरहेका छन् ।
धृ धातुबाट बनेको धर्म संस्कृत शब्द हो । धार्यते इति धर्मः । जसलाई धारण गरिन्छ त्यो धर्म हो । पवित्र गुण तथा कर्महरू धारण गर्नु धर्म हो । यो हिमवत्खण्डका जेमिनी मुनीले धर्मको लक्षणहरूका बारेमा भनेका छन् । लोक परलोकको सुखहरूको सिद्धिका लागि गुण तथा कर्महरूको प्रवृत्तिको प्रेरणा धर्मको लक्षण हो । वैदिक साहित्यमा धर्म वस्तुको स्वाभाविक गुण तथा कर्तव्यको अर्थमा आउँछ । जस्तै जलाउनु, प्रकाश गर्नु अग्निको धर्म हो । राजाको धर्म प्रजापालन र देश तथा जनताको रक्षा हो । मनुस्मृति अनुसार, धृतिः दमोअस्तेयं शोचंं इन्द्रिेय निग्रहः । धीर्विद्या सत्यमक्रोधो दशकं धर्म लक्षणम् ।। अर्थात् धर्म, क्षमा, मनलाई प्राकृतिक प्रलोभनहरूमा फस्नुबाट रोक्नु, चोरी त्याग, इन्द्रिय निग्रह, बुद्धि अथवा ज्ञान, विद्या, सत्य र अक्रोध धर्मको दश लक्षण हुन् । आचारः परमो धर्मः पनि भनिएको छ । अर्थात् सदाचार परम धर्म हो । के हाम्रा दुराचारी नेताहरूले सदाचार रूपी धर्मको पालन गरेका छन् ? गरेका छैनन्, किनकि यिनीहरू आफूहरूलाई धर्मविरोधी भन्छन् ।
महाभारतमा लेखिएको छ, धारणाद धर्ममित्याहुः धर्मो धार्यर्ते प्रजाः । अर्थात् जसलाई धारण गरिन्छ र जसले प्रजाहरू धारण गरेको छ, त्यो धर्म हो । कणाद मुनिले भनेका छन्, यतोअभयुद्य निश्रेयस सिद्धिः स धर्मः । अर्थात् जसले अभ्युदय ( लोकोन्नति र निश्रेयस (मोक्षको सिद्धि हुन्छ, त्यो धर्म हो । जुन माध्यमले हाम्रो सवार्गाण विकास हुन्छ र सबै प्रकारको दुःखकष्टहरूबाट मुक्ति पाइन्छ, त्यसलाई धर्म भनिन्छ ।
धर्म ईश्वर प्रदत्त हो जबकि मत मतान्तर मनुष्यकृत हो । धर्मले मानिसलाई जोड्छ तर रिलिजन र मजहब जस्ता मतहरूले मानिस मानिसबीच वैमनस्य गराई दूरी बढाउँछ । धर्म आक्रमणकारी हुँदैन । धर्म मान्दिन भनेर नास्तिक पनि हुन सकिन्छ जस्तै चार्वाक तर रिलिजन र मजहबले आक्रमण, फकाई फुल्याई वा प्रलोभनमा पारी धर्म त्याग्न लगाएर आफ्नो मतमा रूपान्तरण गर्छ, त्यो धर्म होइन, अधर्म हो । न लिंगम् धर्मकारणम् । अर्थात् लिंग अर्थात् बाहिरी चिहृनजस्तै पादरी आदिले लामो चोला लगाउने, क्रस धारण गर्ने, मुसलमानहरूले जालीदार टोपी लगाउनु र लामो दारी राख्नु, महिलाहरूले बुर्का लगाउनु अनिवार्य हुन्छ त्यो धर्म होइन रिलिजन र मजहब हो ।
धर्ममा यो आवश्यक छैन । धर्मले अरूको हितका लागि प्राण बलिदान दिन्छ तर मतहरूले आफ्नो मत फैलाउन अन्तिममा ज्यान नै लिन्छन् । त्यसैले माक्र्सले धर्मको नभएर मतको विरोध गर्दै मतलाई अफिम भनेका थिए तर हाम्रा कम्युनिष्टहरूले मतलाई धारण गरेर धर्मलाई अफिम भन्दै सनातन धर्मभूमि, देवीदेउताहरूको निवास र क्रीडास्थलमाथि आक्रमण गरेर सनातन धर्ममाथि आक्रमण गरिरहेका छन् । जनता चुनावका बेला यी सनातन धर्मविरोधीहरूले भेडालाई घाँस खुवाए जस्तै खुवाएर भोट लिँदै सनातन धर्मको विनाशमा योगदान दिइरहेका छन् । अहिले नजागे कहिले जाग्ने यी सनातन धर्मविरोधी नेताहरू र यो व्यवस्थाविरुद्ध ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच