बर्दघाटमा इ-रेक्सा र टेम्पुको भाडा निर्धारण

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा साना सवारी साधन (ई-रेक्शा र टेम्पु ) को भाडादर कायम गरिएको छ । बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायको संयोजकत्वमा रहेको समितिले भाडा निर्धारण गरेको हो ।

भाडा दर निर्धारणसंगै अब बर्दघाटमा अटो तथा रिक्सा चढ्नेले कम्तीमा पनि ३० रुपैया बुझाउनु पर्ने भएको हो । समितिले निर्धारण गरेको भाडा दर अनुसार बर्दघाट नगरमा ३ किलोमिटर सम्मको यात्रा गर्दा रु ३० रुपैया र त्यसभन्दा बढी प्रति किलोमिटरमा १० रुपैयाका दरले वृद्धि हुने गरि भाडा निर्धारण गरिएको छ ।

बर्दघाट नगरमा व्यवस्थित यातायात सञ्चालन अध्ययन कार्यदलले नगर क्षेत्र भित्र रहेका इ-रेक्सा र टेम्पुको भाडा निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?