सांकेतिक भाषा दिवसमा भोजपुरमा प्रभात फेरी

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । सातौं अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा भोजपुरमा प्रभात फेरी निकालिएको छ । ‘सांकेतिक भाषा अधिकारका लागि संकेत गरौँ’ भन्ने नाराका साथ यस बर्ष सांकेतिक भाषा दिवस मनाईदैछ ।

भोजपुर बहिरा संघको आयोजना, भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयको समन्वय तथा भोजपुर नगरपालिकाको सहयोगमा भोजपुरमा पनि प्रभात फेरीसहितको कार्यक्रम आयोजना गरिएको हो । राज्यका प्रत्येक निकायमा सहभागिताको सुनिश्चिता, सार्वजनिक सेवामा बहिराहरुलाई ५० प्रतिशत छुटको ब्यवस्था, एक पालिका एक दोभासेको ब्यवस्था, नेपाली सांकेतिक भाषाको विकास र संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार, न्याय जस्ता आधारभुत अधिकारमा बहिरा समुदायको पहुँचमा बृद्धिलगायतका मागहरु प्रभात फेरीका सहभागिहरुले राख्नु भएको छ ।

सो क्रममा बोल्नुहुँदै भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले एक पालिका एक दोभासेको माग भई रहेको अवस्थामा भोजपुर नगरपालिकाले त्यसको ब्यवस्था गरेको बताउनुभयो । नेपाली भाषाको विकास र संरक्षणमा जोड दिनु हुँदै नगर प्रमुख आलेले बहिरा व्यक्तिले केही गर्न सक्दैनन् भन्ने समाजको भ्रम हटाउनु आवश्यक रहेको बताउनुभयो ।

सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउन यो दिवसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयका प्रधानाध्यापक सरिता तामाङले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख आलेसहित भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थी, शिक्षक, पत्रकार, कर्मचारीलगायत सरोकारवालाको सहभागिता रहेको आयोजक संस्थाका सन्तकुमार तुम्वापोले जानकारी दिनुभयो । संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय गरेको थियो । युएनको उक्त निर्णयपछि सन् २०१८ सेप्टेम्बर २३ को दिनलाई सांकेतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

तथ्याङ्कअनुसार विश्वभर करिब ७ करोड मानिस सुनाई सम्बन्धी अपांगता भएका छन । २०७८ को जनगणना अनुसार नेपालमा ५१ हजार तीन सय७३ नागरिकमा यस्तो खालको अपांगता छ। तथ्याङ्क विश्लेषण अनुसार नेपालमा ९ हजार छ सय ५५ जनालाई सांकेतिक भाषा आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?