मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका चार वटै पालिका साक्षर घोषणा भएपछि सोमबार एक औपचारिक कार्यक्रमका बीच मुगुलाई साक्षर जिल्ला घोषण गरिएको हो ।
साक्षर अभियान जिल्ला समन्वय समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारि प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्किको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारि सहित सरोकारवालाहरुले सामुहिक रुपमा घोषणा पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
पहिले गाउघरमा परदेशबाट आफन्तहरुले पठाएको चिठी पढनका लागि गाउँ गाउमा पढेको मान्छे खोज्दै हिडनु पर्ने अवस्था थियो अहिले त्यो अवस्था छैन,महिला दिदी वहिनिहरु कोहि साक्षर थिएनन, कतै बजार तिर जादा सामानहरुको मूल्य अनुसार नगद दिन सक्ने साक्ष्रर थिएनन ।
आज सबै जान्न सक्ने भएका छन नेपाल शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भामले भन्नुभयो ।कार्यक्रममा सम्बोधन नेपाल पत्रकार महासङ्ग मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनी स्थानिय सरकारहरुले १२ सुचकहरु मध्य ६ सुचक पूरा गरेका छन बाकी रहेका ६ वटा सुचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम,योजना बनाउदा ध्यान दिन सुझाव दिनुभयो ।
नागरिक अगुवा रुप बहादुर मल्लले साक्षर घोषणामा मात्र सिमित नराखेर अब देखि आफ्ना व्यवहार,आचरण र कृयाकलापमा पनि साक्षरताको रुप देखाउनु बताउनुभयो ।
सामुदायिक स्वास्थ्य इकाइहरु प्रदेश सरकारले गाउँ गाउँ खोलेपनी बजेट नदिदा चलाउन समस्या भएकाले कि बजेटको व्यवस्था गर्न कि खारेज गरिदिनहुन सोरु गाउपालिकाका अध्यक्ष धर्म बहादुर शाहिले कार्यक्रममा उपस्थित सामाजिक विकास मन्त्री घनश्याम भण्डारि मार्फत कर्णाली प्रदेश सरकारलाइ आग्रह गर्नु भयो ।
संघीयता बारे तथ्य बाहिर गएर अफवाह फैलाइएको छ वास्तवमा देश संघियतामा गएदेखी गाउँ गाउमा विकासको लहर छाएको छ,जनताहरुले गलत कार्यको स्वतन्त्र पुर्वक विरोध गर्न पाएका छन,दुर्गम गरिव निमुखा जनताका छोरा छोरीले राज्यको राजनैतिक र प्रशासनिक नेतृत्व गर्न पाएका छन ।
जिल्ला अस्पतालमा एमजिडिपी अभाव छ प्रदेश सरकारले एमजिडिपी चिकित्सक खोजी रहेको छ तर पाउन सकेको छैन भएका एमजिडिपी चिकित्सकहरु दुर्गममा आउन चाहदैनन सुगमनै रोज्छन । दुर्गम जिल्लाको स्वास्थ्य,शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारका लागि आफुले कर्णाली प्रदेश सरकारमा उपलब्धीमुलक कार्यमा ध्यान दिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसङ्गै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन भने अझै १२ जिल्ला साक्षर जिल्ला घोषणा हुन बाकी छन । मुगु जिल्लाका १५ वर्ष देखि ६० वर्ष भित्र उमेर भएका नागरिक ९६ दशमलव ५ प्रतिशत साक्ष्रर रहेको बताइएको छ ।
सामाजिक विकास कार्यालय मुगुका कार्यालय प्रमुख टोप बहादुर बुढाले संचालन गर्नु भएको साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी,निवर्तमान कर्णाली प्रदेशका मन्त्री एव मुगु जिल्ला प्रदेश १ बाट निर्वाचित सान्सद मङल बहादुर शाही,समन्वय प्रमुख मन्जन बहादुर कार्की,छायानाथ रारा नगरपालिका प्रमुख विष्णु कुमार भाम,खत्याड गाउपालिका प्रमुख अज बहादुर शाही,सोरु गाउपालिका प्रमुख धर्म बहादुर शाही लगायत सरकारि कार्यालय प्रमुखहरु,गैरसरकारी संघ सस्था प्रमुख,विधाथीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्थानिय देउडा,हुड्के नाच सहित विभिन्न विधालयहरुले सास्कृतिक कार्यक्रम प्रदर्शन गरेर कार्यक्रम रोचक बनाइएको थियो भने साक्षर जिल्ला घोषणा गर्नमा विभिन्न माध्यमबाट योगदान पुर्याउनु हुने ,पालिका,सरकार,गैरसरकारी संघ सस्था,पत्रकार महासंघलाइ प्रशन्सा पत्र प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच