काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्व शुरु भएदेखि लेबनानमा भएको सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ५५८ पुगेको छ ।
१ हजार ६४५ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा इजरायलको हवाई आक्रमणले इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वलाई नयाँ उचाइमा पु-याएको छ ।
इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिणी र पूर्वी लेबनानमा लगभग १ हजार ११० क्षेत्रहरु लक्षित आक्रमण गरेको छ । आक्रमण गत सोमवारबाट जारी छ ।
आक्रमणको अर्को चरणको तयारी भइरहेको बताइएको छ । आक्रमणको क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिएको छ ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच