झापा । भारतीय नम्बर प्लेटका दुईवटा मालबाहक ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईं समूहका थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा हल्दिबारी गाउँपालिकाका विवश लिम्बु , वीबहादुर गुरुङ, खेमराज दाहाल, बिर्तामोड नगरपालिकाका उदय लिम्बु , बुद्धशान्ति गाउँपालिकाका बलिहाङ लिम्बु , अर्जुनधारा नगरपालिकाका रुद्र भुजेल र मेचीनगर नगरपालिकाका राजेश महत छन् ।
लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई कनकाई नगरपालिका ८ को लक्ष्मीपुर क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो।
उनीहरूको समूहले समूहले असोज ६ गते मध्यराति कनकाई नगरपालिका ८ को बिरिङपुलमा भारतीय नम्बर प्लेटको UP57AT4493 र ७ गते बिहान ३ बजे बिर्तामोड नगरपालिका ६ को बुट्टाबारीमा WB73E3056 नम्बरको भारतीय मालबाहक ट्रकमा आगजनी गरेको थियो ।
ती ट्रकमा पेट्रोलबम प्रहार गर्दा चालकद्वय भारत सिलिगुडी बस्ने ४० वर्षीय कुमार महतो र इस्लामपुरका ४० वर्षीय पोदा राय घाइते छन् ।
हिजो प्रहरीले राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था नागरिक प्रतिरक्षा बल (पीडीएफ ) का झापा संयोजक भीम तुम्बापो लिम्बु र सहसचिव ३३ सुरेश चौधरीलाई पक्राउ गरेको थियो ।
अहिलेसम्म सो घटनामा सम्लग्न नौजना पक्राउ परिसकेका छन् । उनीहरु उपर आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगमा कारबाही हुनेछ। फरार अन्यको खोजतलास भइरहेको झापा प्रहरीले जनाएको छ ।
यसअघि झापा प्रहरीले झापा प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई पक्राउ गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच