जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उच्च अदालत पाटनले पूर्वअरनिको यातायातले काठमाडौंको जडिबुटीमा सञ्चालन गरेको बसपार्क नभत्काउन आदेश दिएको छ।

न्यायाधीश गोकर्ण डाँगीको बिहीबारको एकल इजलासले उक्त बस पार्क नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।

अदालतले असोज १४ गतेलाई लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अदालतले काठमाडौं महानगरलाई आदेशमा भनेको छ, ‘छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पपकालिन अन्तरिम आदेश गरिएको छ।’

पूर्वअरनिको यातायातले जडिबुटीमा १४ रोपनी जग्गा लिएर बसपार्क चलाइरहेको छ। यसलाई नै महानगरपालिकाले बसपार्कको मान्यता दिनुपर्ने माग गर्दै उसले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?