बालुवाटारबाट ओली निस्किने वित्तिकै कांग्रेस नेताहरुको प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बालुवाटारबाट नेकपा एमाले अध्यक्ष केपी ओली बाहिरिएलगत्तै कांग्रेस नेताहरु प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब साढे २ घन्टा छलफलपश्चात एमाले अध्यक्ष ओली बाहिरिनु भएको छ । राष्ट्रपतिको उम्मेदवारको सम्बन्धमा उहाँहरुबीचको आजको वार्ता निर्णायक मानिएको थियो । तर, उहाँहरुबीचको छलफलका बारेमा केही बताइएको छैन ।

अहिले कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीको बैठक बस्दैछ ।

राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादी तथा उपराष्ट्रपतिमा जसपाको दाबी छ । आजै बिहान बसेको चार दलको बैठकमा चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति भएको थियो ।

राष्ट्रपति निर्वाचनमा अहिले बस्ने बैठकले ठोस सहमति बनाउने कांग्रेसका महामन्त्री गगन थापाले बताउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?