
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधारमा जोड दिनुभएको छ । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै उहाँले दिगो र भरपर्दो यातायात प्रणाली विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको बताउनुभयो । नेपालको भौगोलिक अवस्थाअनुसार सडक सञ्जालका अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोडवेको महत्व रहेको भन्दै अर्थमन्त्री पौडेलले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । यातायात पूर्वाधार विकासबाट आमनागरिकको जीवनयापन र आवागमनमा सहजता पुग्नेमात्र नभई नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धी बन्दै जाने, स्वदेशी उत्पादनले आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्राप्त गर्ने उहाँको भनाइ थियो ।
नेपालको भौगोलिक अवस्थाअनुसार सडकका अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोडवेको महत्व रहेको भन्दै अर्थमन्त्री पौडेलले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तारमा जोड दिनुभएको हो ।
मन्त्री पौडेलले व्यवस्थित शहरीकरण तथा बस्ती विकाससहित सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्तिमा योगदान पुग्ने भन्दै वातावरणमैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी गराउनुभयो । जसका लागि विद्युतीय सवारी आयातमा राजस्व सहुलियतसहित सोसम्बन्धी पूर्वाधार निर्माणका कार्य अघि बढाइएको, मुलुकभित्रै विद्युतीय सवारीसाधन उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्न नीतिगत सुधार गरिएको उहाँले बताउनुभयो । बुधबारदेखि सुरु भएको ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमको कार्यक्रममा नेपाललगायत विभिन्न देशका उच्च राजनीतिक तहका प्रतिनिधिमण्डलको सहभागिता रहेको छ । नेपालतर्फबाट अर्थमन्त्री पौडेलसहित चीनका लागि नेपालका कार्यबाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईलगायतको सहभागिता रहेको छ ।
यसैबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान गर्न आग्रह गर्नुभएको छ । उहाँले केरुङ-काठमाडौं रेल निर्माण, टोखा-छहरे सुरुङ मार्ग, किमाथांका-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, दमक औद्योगिक पार्कलगायतका पूर्वाधार निर्माणमा सघाउन आग्रह गर्नुभएको थियो ।
चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारतर्फबाट विगतमा गरिएका घोषणा एवं सहमतिबमोजिम सहयोगका परियोजना कार्यान्वयनलाई तीव्रता दिने बताउनुभएको छ । साथै उहाँले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भेटवार्तामा नेपालतर्फबाट अर्थमन्त्री पौडेलका साथै चीनका लागि नेपालका कार्यबाहक राजदूत यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारी सहभागी थिए भने चीन सरकारतर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायातमन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेसनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उड्डयन प्रमुख सोङ च्योङलगायतका अधिकारी सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच