
दाङ । अविरल वर्षाका कारण राप्ती राजमार्गको कपुरकोटदेखि राम्रीसम्मको सडक पहिरोले क्षतिग्रस्तभएपछि सडक डिभिजन कार्यालय दाङले मर्मतका लागि भन्दै शुक्रबारदेखि आईतरबासम्म उक्त सडक खण्डमा तीन दिनका लागि ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
बिहीबार सुचना प्रकासन गरेर कार्यालयले ठूला सवारी साधन (टिपर, ट्रक) सञ्चालनमा रोक लगाएको हो ।
कपुरकोटदेखि राम्रीकोबीचमा पहिरो जाने मात्र नभई सडक समेत भासिएकाले रोक लगाईएको सडक डिभिजन कार्यालय दाङ सूचना अधिकारी ईन्जिनियर उज्वलकुमार झाले बताउनुभयो ।
भारवहन गाडीलाई रोक लगाएपनि अन्य गाडीहरु भने सुचारु रहेका र यात्रुहरु आउजाउ गरिरहेका उहाले जानकारी दिनुभयो । ‘ठूला सवारी साधनका कारण भासिएको सडक अझ बढि क्षति हुनसक्छ । चाडपर्व नजिकिँदै गरेको बेला लामो समयसम्म सवारी साधन चल्न नसक्ने हुनसक्छ । त्यहि भएर समयमै सजगता अपनाउँदै टिपर, ट्रक जस्ता भारवहन गाडीलाई रोक लगाउनु परेको हो’ उहाँले भन्नुभयो ।
वर्षातले क्षति भएका सडक अहिलेसम्म मर्मत हुन नसकेका र लगातार दुई दिनदेखिको वर्षातले चिराचिरा, हिलाम्मे, ठाँउठाँउमा पहिरोका साथै ढुंगामाटो थुप्रिएका कारण नियमित सवारी साधन चल्न नसकेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच