बिनाधितो एनएमबी खेती कर्जा

Read Time = 2 mins

काठमाडौं । एनएमबी बैंक र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरूपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो एनएमबी खेती कर्जा योजना ल्याएको छ । यस कर्जामार्फत् किसानले खेती एपको नयाँ फिचर एनएमबी खेती कर्जामा आवेदन दिई सहजरूपमा पाँच मिनेटमै कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

वित्तीय पहुँचबाट वञ्चित रहेका किसानले सहजरूपमा कर्जा प्राप्त गरून् भन्ने हेतुले पूर्णरूपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो कर्जा नेपालमा नै पहिलोपटक सुरु गरिएको बैंकले जनाएको छ । किसानले आफूलाई आवश्यक कृषि बिउबिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरण खरिद गर्न कर्जा सरल किस्ताबन्दीमा बिनाधितो प्राप्त गर्न सक्नेछन् भने कर्जा प्राप्त गर्न अन्य कर्जाजस्तै आवश्यक कागजात पेश गर्नुपर्ने झन्झट बेहोर्नुपर्ने हुँदैन । बैंकका अनुसार ग्राहकले तीन महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि फेरि अर्काे कर्जा पनि तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?