
स्पेन । स्पानिस ला लिगा फुटबलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेल्टाभिगोलाई पराजित गरेको छ । जुलियन अल्भारेजले खेलको अन्तिम समयमा गरेको गोलमा एट्लेटिको मड्रिडले सेल्टाभिगोलाई १-० ले हराएको हो ।
सेल्टाको मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्नुभएका अल्भारेजले ९०औं मिनेटमा विजयी गोल गर्नुभएको थियो । कोकेको स्थानमा ५४औं मिनेटमा मैदान प्रवेश गर्नुभएका अल्भारेजले एन्टोइन ग्रिजमनको असिस्टमा गोल गर्नुभएको हो । अल्भारेज यसै सिजन म्यानचेष्टर सिटीबाट स्पेनिस क्लब जोडिनुभएको हो ।
नयाँ सिजनमा एट्लेटिकोको यो चौथो जित हो । बार्सिलोना र रियल मड्रिडलाई पछ्याइरहेको एट्लेटिको सात खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा छ । शतप्रतिशत नतिजा निकालेको बार्सिलोना सात खेलबाट २१ अंकसहित शीर्षस्थानमा आसिन छ भने एट्लेटिकोको छिमेकी रियल मड्रिड १७ अंकसहित दोस्रो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच