कानून निर्माणमा एमालेको प्रतिपक्षीय भुमिका हुँदैन : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भुमिकामा नरहने बताउनुभएको छ ।

शनिकार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्ने भएकाले आफूहरु प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने बताउनुभएको हो ।

अध्यक्ष ओलीले विद्युत विधेयक २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भएपनि त्यसलाई राष्ट्रिय हित अनुकुल हुनेगरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भुमिका निर्वाह गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी संसदमा विद्युत विधेयकका विषयमा राम्रो छलफल गर्छौं । यो हाम्रो भुमिका भनेको प्रतिपक्षीय भुमिकाको कुरा होइन । हाम्रो भुमिका प्रतिपक्षको भुमिका होइन । राष्ट्रिय भूुमिका हुन्छ । राष्ट्रको हितको भुमिका हुन्छ । त्यसको पक्षमा हुन्छ । हामी प्रतिपक्षको भुमिकाका आफूलाई प्रश्तुत गर्दैनौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु कि यो छलफल त दलीय आधारमा होला । तर कानुन त दलीय कानून हुँदैन । राष्ट्रको कानुन निर्माण हुन्छ । त्यसकारण यसमा दलीय प्रश्न होइन, राष्ट्रको प्रश्न, दलको हित होइन, राष्ट्रको हित । यसलाई ध्यानमा राखेर हामीले छलफल गरेका छौं । छलफलको उद्देश्य पनि त्यही हो । यस विधेयकको सन्दर्भमा हाम्रो पार्टीको रचनात्मक सहयोग हुन्छ । हाम्रो प्रश्तुती पक्षधरताको हुँदैन ।’

ओलीले कानून निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?