दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको प्यानलनै विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा एसका केशरबहादुर पुनको प्यानललाई हराउँदै नेकपा एमालेका प्रेमनाथ योगीको प्यानल विजयी भएको हो ।
पुनलाई ३८९ मतान्तरले पछि पार्दै नेकपा एमालेका योगी विजयी हुनु भएको हो । योगीले १ हजार ५ सय ६ मत प्राप्त गर्नुभएको छ भने नेकपा एसका पुनले १ हजार १ सय १७ मत प्राप्त गर्नुभयो । २०७४ सालको निर्वाचनमा प्रेमनाथका बुवा रामबहादुर योगी वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
रामबहादुर उमेरले नसक्ने भएपछि एमालेले छोरा प्रेमलाई टिकट दिएर बाबुको विरासत छोराको जिम्मामा लगाएको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :