काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४-०ले पराजित भएको छ । शुक्रबार चाइनिज ताइपेईमा भएको खेलमा बहराइनका लागि समी बसम अवादीले दुई गोल गर्नुभयो । खालिद अल्खलाफ र अलि अहमेद हसनले समान एक-एक गोल गर्दा नेपाल चार-शून्यले पराजित भएको हो ।
खेलको २३औं मिनेटमा अवादीको गोलमा बहराइनले अग्रता बनाएको थियो । पहिलो हाफको इञ्जुरी समयमा अल्खलाफले बहराइनको अग्रता दोब्बर बनाउनुभयो । पहिलो हाफमा दुई-शून्यले पछि परेको नेपालले दोस्रो हाफमा पुनः दुई गोल खायो ।
खेलको ७३औं मिनेटमा अवादीले व्यक्तिगत दोस्रो गोल गर्दा बहराइनले अग्रतालाई तीन-शून्यमा पुर्याएको थियो । यस्तै ८४औं मिनेटमा हसनले गोल गरेपछि बहराइनले चार–शून्यको जित पक्का गरेको हो । यो हारसँगै नेपालको यू-२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले प्रतियोगिताका तीन खेलमध्ये दुईमा हार र एक खेलमा जित निकालेको हो ।
तालिकाको शीर्ष स्थानमा रहने टोलीले सोझै चीनमा हुने प्रतियोगितामा स्थान बनाउनेछ । छनोट प्रतियोगितमा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच